शनि-शुक्र र बुध मिलेर चम्काउँछन् यी ३ राशिको भाग्य, हरेक काममा हुन्छन् सधैँ अब्बल !

ज्योतिष शास्त्रमा अनुसार १२ राशिलाई चार तत्वमा विभाजन गरिएको छ । यी चार तत्व हुन् वायु, जल, अग्नि र पृथ्वी। वायु तत्व अन्तर्गत मिथुन, तुला र कुम्भ राशि पर्दछन् । जसमा मिथुन राशिको स्वामी बुध, तुला राशिको शुक्र र कुम्भ राशिको स्वामी शनि हो। यी राशिका स्वामी फरक-फरक हुन तर यी तिन राशि एकै तत्वमा आउने भएकाले धेरै समानताहरू रहेका छन्। यसका साथै शनि-शुक्र र बुध मिलेर यी ३ राशिको भाग्य चम्काउने मान्यता रहेको छ ।

मिथुन राशि

मिथुन राशि वायु तत्व अन्तर्गत पर्दछ । यस राशिको स्वामी ग्रह बुध हो। बुध ग्रहको कारणले यस राशिका मानिस कल्पनाशील हुन्छन् । यस राशिका मानिसहरुले आफ्नो बुद्धिको प्रयोग गरेर हरेक कुरामा सफल हुने गर्दछन् । यसका साथै यस राशिका मानिसहरुमा बुध ग्रहको विशेष कृपा हुन्छ । जसका कारण उनीहरुको भाग्यले सधैँ साथ दिन्छ ।

तुला राशि

वायु तत्वको दोस्रो राशि तुला राशि हो। तुला राशिको स्वामी शुक्र हो । शुक्रको प्रभाव बढी हुने हुँदा यस राशिका मानिस कला र सौन्दर्यमा अरुभन्दा भिन्न हुन्छन् । शुक्र ग्रहको कृपाले यस राशिका व्यक्तिहरूले चलचित्र क्षेत्रमा अत्याधिक प्रगति गर्छ। यस राशिका व्यक्तिहरूले कहिलेकाहीँ भावनामा बगेर गलत निर्णय लिन्छन् । साथै यस राशिका मानिसहरु मेहनती हुन्छन् र आफ्नो इच्छा पूरा गर्नको लागि सधैँ मेहनत गरिरहन्छन्।

कुम्भ राशि

ज्योतिष शास्त्रमा कुम्भ राशिलाई शनिको राशि मानिन्छ । वायु तत्वको प्रभुत्व रहेको यस राशिको देवता शनिदेव हुन् । यस राशिमा शनि बलवान रहन्छ। यस राशिको स्वामी देवताको कृपाले कुम्भ राशिका मानिसहरुलाई भाग्यले सधैँ साथ दिन्छ । साथै कुम्भ राशि भएका मानिस हरेक काममा अब्बल हुन्छन् ।

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१४:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ अशुभ ग्रहको प्रभावलाई समाप्त पार्नेछ आज गरिएको १ कामले, बनिरहेको छ खास योग