काठमाडौँ : अभिनेत्री वर्षा रउत कुनै समय नेपाली चलचित्रमा निकै व्यस्त थिइन्। उनले अभिनय गरेका केही चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दा उनको माग राम्रै बढेको थियो । चलचित्र ‘नाइँ नभन्नु ल २’ बाट चलचित्रमा पाइला चाल्दा उनले अभिनयको अफर आएका कुनै चलचित्रलाई ‘नाइँ’ भन्न सकिनन्। तर अहिले अवस्था केही फेरिएको छ।
अहिले धेरै चलचित्र छायाङ्कनका लागि फ्लोरमा छन्। धेरै कलाकार नयाँ चलचित्रको छायाङ्कनका लागि तयार भइरहँदा अभिनेत्री वर्षाको अवस्था फरक छ । लकडाउन अगाडि नै रोकिएका दुईवटा चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’ छायाङ्कन हुन सकेका छैनन्। यी दुवै चलचित्रमा वर्षाको प्रमुख भूमिका छ।
यी दुई चलचित्रपछि वर्षाले नयाँ चलचित्रमा सम्झौता गरेकी छैनन् । अन्य नायिका धमाधम चलचित्रको काममा व्यस्त हुन थाले पनि वर्षा भने भिडियोकै काममा व्यस्त छिन्। (यो खबर युवामञ्च राष्ट्रिय मासिक पत्रिकामा प्रकशित छ।)