बलिउड फिल्म ‘कुछ कुछ होता है’ मा अञ्जलीको भूमिका निर्वाह गरेकी सना सईद अहिले निकै ग्ल्या-मरस देखिन्छिन् । उनको यो तस्बिर हेरेपछि मानिसहरुले उनलाई चिन्न सकिरहेका छैनन् ।
फिल्म निर्माता करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ तपाई हरुले पनि हेर्नु भएको होला । सन १९९८ मा आएको यो फिल्मले ठूलो सफलता हासिल गरेको थियो । यो फिल्म शाहरुख खान, काजोल र रानी मुखर्जीको ट्रायंगल प्रेमकथा थियो । फिल्ममा तीन वटै स्टारको अभिनयलाई मानिसहरुले निकै रुचाएका थिए तर सबैभन्दा धेरै लोकप्रियता फिल्ममा रानी मुखर्जीकी छोरीको भूमिका निभाएकी साना सईदले कमाएकी थिइन् ।
फिल्ममा सानी अञ्जलीको भूमिकाबाट सबैको मन जितेकी सना सईद अहिलेको समयमा ठूली भएकी छिन् । आजको यस पोस्ट मार्फत् फिल्म ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीकी छोरीको भूमिका निभाएकी साना सईदले सामाजिक सञ्जालमा पोस्ट केही तस्बिर पोस्ट गरेकी छिन् । जुन तस्बिर देखेर मानिसहरु त्यही पहिले फिल्ममा देखिएकी सानी अन अञ्जलीको हुन् भेनेर मानिसहरुलाई अनुमान लगाउन मुस्किल भएको छ ।
View this post on Instagram
सना सईद सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र अहिले आफ्ना ग्ल्यामरस तस्बिरहरु शेयर गरिरहेकी छिन् । सना सईद अहिले ३३ वर्षकी भइन् तर अफसोसको विषय छ कि उनले आफूले पाउनुपर्ने लोकप्रियता पाउन सकेकी छैनन् । एक-दुई फिल्म बाहेक उनी केही डान्स रियालिटी शोमा पनि देखिए तर यसका बाबजुद उनले अपेक्षित सफलता पाउन सकिनन् ।
सानाको पछिल्लो तस्बिरमा उनलाई कालो रंगको सर्ट टप र प्यान्टमा देख्न सकिन्छ । यस तस्बिरमा उनको सुन्दरता देख्न सकिन्छ । तस्बिरमा काँधसम्म आएको उनको कपाल उनलाई निकै सुहाउँछ । उनलाई देखेपछि धेरैले चिन्न सकेनन् कि उनी त्यस समको ती सानी अञ्जली हुन् ।