आचार्य चाणक्य एक महान कूटनीतिज्ञ र अर्थशास्त्री मात्र थिएनन् । असल जीवनको लागि उनको मार्गदर्शक पनि थिए। उनले राम्रो जीवन जिउन सिकाएको पाठले धेरै मानिसको जिवनम काम गरेको छ। चाणक्यले सिकाएको यी पाठहरूले मानिसहरूलाई कठिनाइ र समस्याहरूबाट बचाउँन सक्छ । साथसाथै जीवनलाइ पनि सुखमय बनाउँछ ।
उहाँका यी महत्त्वपूर्ण कुराहरूको संग्रह चाणक्य नीति शास्त्रमा उल्लेख छ । आज हामी यस्ता कुराको बारेमा बताउने छौँ । जसमा आचार्य चाणक्यले नारी र साथीभाइहरूका बारेमा भनेका भनेका छन् ।
यस्ता महिलाको कहिले पनि संगत नगर्नु
आचार्य चाणक्य भन्छन्– चरित्रहीन मानिसको सोच सधैँ खराब हुन्छ । यसले मानिसलाई विभिन्न किसिमका समस्यामा पार्छ । त्यस्तै यदि कुनै पनि महिला चरित्रहीन छ भने यस्तो अवस्थामा बदनाम हुनु अवश्यै छ। त्यसैले यस्ता महिलासँग सधैँ टाढा रहनुपर्छ ।चाणक्य नीतिमा भनिएको छ कि दुष्ट मानिसलाई हिले पनि सहयोग गर्नु हुँदैन ।
किनभने तपाईले उनीहरुलाई जतिसुकै राम्रो गरेपनि उनीहरु तपाईलाई हानि गर्नबाट पछि हट्दैनन् । त्यसैगरी, मूर्खलाई ज्ञान दिनु आफ्नो समयको बर्बादी हो। एक मूर्ख व्यक्तिले तपाईको ज्ञान र समयको मूल्य कहिल्यै बुझ्दैन।