हिन्दु धर्मको मान्यता अनुसार घरमा भएका छोरी बुहारीलाई लक्ष्मीको प्रतीक मानिन्छ । आज हामी यस्ता महिलाको बारेमा बताउने छौँ । जो गंगा जस्तै पवित्र हुन्छन् । सत्य युग देखि कलियुगसम्म आउँदा महिलाको चरित्रमा विभिन्न प्रश्न उठ्ने गरेको छ । त्यसतै एक उदाहरण हो सत्य युगमा आफ्नो पवित्रता विश्वास दिलाउनको लागि सिता माताले अग्नि परीक्षा दिएकी थिइन् ।
आज हामी तपाई हरुलाई यस्ता ४ राशिको बारेमा बताउने छौँ जो देख्न मात्र सुन्दर नभई गंगाजल जस्तै पवित्र हुन्छन् ।
मेष राशि
मेष राशिको महिला आफ्नो जीवन साथीको निकै कदर गर्ने स्वभावका हुन्छन् । यिनीहरु आफ्नो श्रीमानसँग कहिले झुटो बोल्दैनन् । यस राशिका महिला जति आफ्नी सुन्दरतामा ध्यान दिन्छन् त्यति नै आफुलाई पतिव्रता राखन माहिर हुन्छन् । यस राशिका महिला आफ्नो श्रीमान् र परिवारको निकै ख्याल राख्ने स्वभावका हुन्छन् ।
सिंह राशि
सिंह राशिका महिला देख्नमा जति सुन्दर हुन्छन् भित्री मनबाट पनि त्यति नै सफा मन भएका हुन्छन् । यस राशिका महिलालाई अनावश्यक कुरा गर्न साथै अरुको कुरा काट्न मन पराउँदैनन् । यस राशिक महिला आफ्नो श्रीमान् र बच्चाको एकदमै ख्याल राख्ने स्वभावका हुन्छन् । यस राशिका महिला आफूलाई कुनै पनि पुरुषले नराम्रो दृष्टिले हरेको मन पराउँदैनन् ।
मीन राशि
यस राशिका महिलाको बोलि कठोर भए पनि मनको भने सफा हुन्छन् । यस राशिका महिला आफ्नो श्रीमानको भनाइको अनुसरण गर्ने स्वभावका हुन्छ । मीन राशिका महिला आफ्नो श्रीमानसँग कहिले झुटो बोल्दैनन् । यस राशिका महिला आफ्नो पवित्रताको विषयमा सधैँ सजग हुने गर्दछन् ।