बलिउडका तीन खानमध्ये सबैभन्दा कुन अभिनेता धनी, कोसँग कति सम्पत्ति छ ?

बलिउडको क्षेत्रका हरेक स्टारले धेरै नाम र पैसा कमाएका छन्। तर सलमान खान, शाहरुख खान र आमिर खानले यस उद्योगमा जुन सफलता हासिल गरेका छन्, त्यो प्रशंसनीय छ । अहिलेको समयमा यी तीन खानलाई कुनै चीजको कमी छैन र धेरै धन कमाउन सफल भएका छन्। तर के तपाई हरुलाई थाहा छ यी तीन मध्ये सबैभन्दा धनी को हो ?

शाहरुख खान

एक रिपोर्टका अनुसार शाही जीवन जिउने शाहरुखको धेरै सम्पत्तिको कुनै मूल्यांकन छैन । तर तथ्याङ्क अनुसार किंग खानसँग ४ हजार ४४० करोडको सम्पत्ति छ । भारत, दुबई लगायत लण्डनमा शाहरुखको आलिशान घर छ । अलिबागमा फार्म हाउस पनि छ । यी चार स्थानको मूल्य करिब ६६० करोड रुपैयाँ छ।

शाहरुख खानको घर ‘मन्नत’को मूल्य २०० करोडभन्दा बढी छ । शाहरुख खान बलिउडका सबैभन्दा महँगा अभिनेता हुन् । उनको आफ्नै फिल्म प्रोडक्सन हाउस पनि छ । यसबाहेक शाहरुख खानको केकेआरको पनि आईपीएल खेलहरूमा आफ्नै टोली छ। शाहरुखले विज्ञापनबाट पनि मनग्य आम्दानी गर्छन् ।

सलमान खान

बलिउडका ‘भाइजान’ सलमान खानको क्रेज पनि निकै ठूलो रहेको छ । सलमान खानको उदारताका लाखौँ कथा छन् । सलमान खानले लाखौँ मानिसलाई सहयोग गरेका छन् । भारतीय एक रिपोर्टका अनुसार सलमानको कुल सम्पत्ति २१ करोड डलर अर्थात् करिब १ हजार ४८० करोड रहेको छ ।


भारत बाहेक सलमान खानको विदेशमा पनि घर छ । नोएडा, दिल्ली, मुम्बई लगायत धेरै राज्यहरूमा आवासीय सम्पत्तिहरू छन्। अर्पिता फार्म हाउस पनवेलको गाउँ वाजेमा अवस्थित छ। मुम्बईमा ग्यालेक्सी अपार्टमेन्टको मूल्य ११४ करोडभन्दा बढी छ। फिल्म बाहेक सलमानसँग विज्ञापन र टिभि शोहरू पनि गर्छन् जसबाट वार्षिक २५० देखि ३०० करोड रुपैयाँ कमाउँछ। सलमानको कार कलेक्शनमा मर्सिडीज, रोल्स रोयस, वेन्टले र अडी जस्ता धेरै गाडीहरु २८ करोड भारु रहेको बताइएको छ ।

आमिर खान

बलिउडका ‘मिस्टर पर-फेक्ट’ अर्थात् आमिर खान सधैँ फिल्मका निकै कमै मात्र फिल्म छनोट गर्ने गर्दछन् । अभिनेता भन्छन् वर्षमा एउटा मात्रै फिल्म गर्छु । रिपोर्टका अनुसार आमिरसँग १८ करोड डलर अर्थात् करिब १ हजार २६० करोडको सम्पत्ति छ ।

आमिर खानको पंचागिनी (महाराष्ट्र)मा करिब १५ करोडको बंगला छ। भारतमा उनको कुल २२ घर छन् । उनको हरदोई, यूपीमा पैतृक घर, साथै खेत र बगैंचा छ, जसको कुल मूल्य लगभग ३० करोड छ। अमेरिकाको बेवर्ली हिल्समा ७५ करोडको बंगला छ । आफ्नै प्रोडक्शन हाउस छ । ठूला ब्रान्डका विज्ञापनहरू छन्। आमिरसँग बि.एम.डब्लु ७ सिरिज, रेन्ज रोभर, बेन्टले कन्टिनेन्टल फ्लाइङ स्पर, रोल्स रोयस कूप छन्। मर्सिडिज बेन्ज एस ६०० गार्ड जस्ता लक्जरी कारहरू छन् । यी कारहरूको कुल मूल्य २१ करोडभन्दा बढी छ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१५:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कट्रिना-विक्कीको हनिमुन तस्बिर भाइरल, फ्यानले सोधे कसले खिच्यो तस्बिर ?