कट्रिना-विक्कीको हनिमुन तस्बिर भाइरल, फ्यानले सोधे कसले खिच्यो तस्बिर ?

एजेन्सी- कट्रिना कैफ र विक्की कौशलले डिसेम्बर ९ मा सिक्स सेन्स फोर्ट बर्वारा होटलमा शाही विवाह गरेका छन् ।विवाहपछि दुवैजना मिनी हनिमुन मनाउन गएका छन् ।

कट्रिना कैफ र विक्की कौशलले डिसेम्बर ९ मा सिक्स सेन्स फोर्ट बरवारा होटलमा शाही तरिकाबाट विवाह गरेका थिए ।विवाहपछि दुवैजना मिनी हनिमुन मनाउन गएका थिए । अभिनेत्रीले भर्खरै उनीहरु हनिमुन गएको समयमा क्लिक गरेको मेहेन्दी देखाउँदै पतिसँगको तस्बिर सार्वजनिक गरेकी छिन्।

 

View this post on Instagram

 

A post shared by Katrina Kaif (@katrinakaif)


कट्रिना कैफ यति बेला आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । केही समय पहिले आएका खबर अनुसार अभिनेत्री कट्रिना र विक्कीले विवाह लगत्तै आफ्नो आगामी फिल्मको सुटिङमा फर्कने बताइएको थियो । अहिले अभिनेत्री कट्रिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई देखेर फ्यानहरु पनि अचम्मितमा परेका छन् ।

 

View this post on Instagram

 

A post shared by Katrina Kaif (@katrinakaif)

अभिनेत्री कट्रिनाले यी तस्बिर हनिमुन लोकेशनबाट शेयर गरेकी हुन् । अभिनेत्रीले क्याप्सनमा मुटुको इमोटिकन बनाएकी छिन् । यो तस्बिरमा कट्रिना कैफको हातमा विक्की कौशलको नामको मेहन्दी देखिएको छ । कट्रिनाको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेरेपछि कट्रिना कैफका फ्यानहरूले विभिन्न किसिमका प्रतिक्रिया दिँदै कमेन्टमा अनेकौं प्रश्न गरिरहेका छन् ।

 

 

 

 

प्रकाशित : आइतबार, पुष ०४, २०७८१६:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मृत्युको मुखबाट बालबाल बाँचेका थिए शाहरुख, काजोलले बचाएकी थिईन् ज्यान