सुखशान्ति र धनको कारक शुक्र ग्रह उल्टो चाल चल्दै छन् । शुक्रको यो राशि परिवर्तन मकर राशिमा हुने भएको छ । आगामी डिसेम्बर १९ मा ऐश्वर्यको कारक शुक्र ग्रह रहनेछ । यसपछि ३० डिसेम्बरमा शुक्रले उल्टो चाल चल्दै धनु राशिमा प्रवेश गर्नेछ। शुक्रको यस उल्टो चालले मकर लगायत सबै राशिहरूलाई शुभ तथा अशुभ असर पर्ने भएको छ । हेर्नुहोस् कुन राशिमा यस शुक्र ग्रहको उल्टो चालले कस्तो असर गर्दछ ।
मेष राशि
शुक्र वक्रिको समयमा साझेदारी व्यापार लाभदायक हुनेछ। जीवनसाथीको पक्षमाबाट आर्थिक लाभ योग रहेको छ । यसका साथै कार्यक्षेत्रमा प्रगतिको अवसर पनि मिल्नेछ ।
वृष राशि
यस शुक्रको उल्टो चालले वृष राशिको मानिसलाई स्वास्थ्यमा समस्या आउनेछ । यस समयमा तपाईलाई कुनै स्वास्थ्य समस्याले सताउन सक्छ । सुख सुविधाप्रति आकर्षण बढ्नेछ। कामको लोभलाई नियन्त्रणमा राख्नुपर्छ ।
मिथुन राशि
शुक्रको वक्रीको समयमा जीवन साथी थप रोमान्टिक हुनेछन् । तर पार्टनरसँग मतभिन्नता हुन सक्छ। यस राशि परिवर्तनको अवधिमा विदेश जानुपर्ने हुन सक्छ। काममा जोस जागर बढ्ने छ ।
कर्कट राशि
शुक्रको उल्टो चालले जीवनमा संघर्ष बढाउनेछ। जग्गाजमिनको विषयमा विवाद हुनसक्छ । यसका साथै आर्थिक योजनामा पनि सजग रहनु पर्नेछ। स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्नेछ ।
सिंह राशि
शुक्रको यस उल्टो चालले सिंह राशिलाई लाभ हुने भएको छ । नयाँ काम गर्ने अवसर मिल्नेछ । प्रेम जीवन वा दाम्पत्य जीवन पनि सुखद रहनेछ। कार्यक्षेत्रमा प्रगति गर्न सकिनेछ ।
कन्या राशि
यस शुक्र ग्रहको वक्रीको समयमा तपाईले घर वा कार किन्न सक्नुहुन्छ। यससँगै केही खुसीको खबर पनि प्राप्त हुनेछ । काममा सोचे अनुसारको प्रगति हुनेछ । भाग्यले पूर्ण साथ दिनेछ।
तुला राशि
शुक्रको यस राशि परिवर्तनको योग लाभदायक साबित हुनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट प्रेम र आर्थिक लाभ हुनेछ। धार्मिक कार्यमा लगाव बढ्नेछ। स्वास्थ्यमा सजग रहनुपर्छ ।
वृश्चिक राशि
व्यापारमा लाभ हुने योग बनेको छ । यसका साथै जीवनसाथीबाट लाभ मिल्नेछ। परिवारमा केही शुभ कार्य हुनेछन् । जसले गर्दा घरमा सुख शान्तिको वातावरण रहनेछ।
धनु राशि
यस राशि परिवर्तनको समयमा स्वास्थ्यमा समस्या आउन सक्छ । यसका साथै मौद्रिक लाभमा पनि वृद्धि हुने देखिन्छ । व्यापारमा आर्थिक लाभको प्रबल सम्भावना रहनेछ । पिताको सम्पत्तिबाट लाभ मिल्नेछ।
मकर राशि
शुक्रको राशि परिवर्तन मकर राशिमा नै हुने भएको छ । यस अवधिमा धन खर्च बढ्नेछ। तर, दैनिक आम्दानीमा केही हदसम्म वृद्धि हुनेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ ।
कुम्भ राशि
प्रेममा आएका समयको समाधान हुनेछ साथै वाधाहरु हटेर जानेछ । पार्टनरसँग धेरै रमाइलो हुनेछ। लाभ हुने काममा अवरोध आउन सक्छ। सामाजिक मान सम्मान मिल्नेछ ।
मीन राशि
यस राशि परिवर्तनको समयमा मीन राशि भएका मानिसले सावधान अपनाउनु पर्ने हुन्छ । करियरमा उतारचढाव आउनेछ । कसैसँग दुर्व्यवहारको कारण हानि हुन सक्छ। यसबाहेक दाजुभाइ तथा महिलासँग विवाद हुन सक्छ।