काठमाडौँ : ज्योतिष शास्त्रमा तीनवटा राशिलाई अग्नि तत्व मानिन्छ। अग्नि तत्वका तीन राशि मेष, सिंह र धनु हुन्। यी राशिका मानिसहरुमा अग्नि तत्वको प्रधानता हुन्छ, जसकारण यी राशिका मानिसहरु निकै उर्जावान रहन्छन्।
यसबाहेक यी राशिहरुमा सूर्य बलवान हुन्छ। यहीँ कारण भाग्यको मामिलामा यी राशिहरु अरु भन्दा अगाडी रहन्छन्। अग्नि तत्वका तीन राशिमा खास विशेषताहरु के हुन्छन्, हेर्नुस्।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिको स्वामी मङ्गल हो। ज्योतिषशास्त्रका अनुसार मेष राशि सूर्यको सबैभन्दा प्रिय राशि हो। यहीँ कारण मेष राशिका मानिसहरुमा उर्जा, साहस, नवीनता र चञ्चलता जस्ता गुणहरु हुन्छन्। साथै, यो राशिका व्यक्तिहरूको अस्थिरता सबैभन्दा ठूलो कमजोरी हो। यो कमजोरीलाई हटाउन ज्योतिषीको सल्लाहमा मोती लगाउनु पर्छ । साथै सूर्यको पूजा पनि गर्नुपर्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
ज्योतिष शास्त्रका अनुसार सिंह राशिको स्वामी सूर्यदेव आफैँ हुन्। सिंह राशिमा पनि अग्नि तत्व प्रबल हुन्छ। यहीँ कारण यस राशिका व्यक्तिहरुमा नेतृत्व क्षमता, साहस, संघर्ष र राजनीतिको कूटनीतिक गुणहरू हुन्छन्। यसबाहेक यस राशिका व्यक्तिहरूले प्रायः समाजको नेतृत्व गर्छन्। अर्कोतर्फ सिंह राशिका व्यक्तिहरुको सबैभन्दा ठूलो कमजोरी आत्मविश्वास हो । यो कमजोरी हटाउनको लागि मूँगा लगाउनुपर्छ। साथै गायत्री मन्त्र जप गर्नुपर्छ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बृहस्पति धनु राशिको स्वामी हो। यो राशि अत्यन्तै बलियो स्थितिमा हुन्छ। त्यसैले सूर्यले मानिसलाई भाग्यमानी बनाउँछ। यस बाहेक यस राशिका जातकमा साहस, ज्ञान, गणना र नेतृत्वको गुणहरु हुन्छन्। ज्योतिष शास्त्रका अनुसार यस राशिका व्यक्तिहरु प्राय: सेना या प्रहरीको उच्च पदमा आसिन हुन्छन्। अर्कोतिर आफ्नो बोलीमा नियन्त्रण राख्न नसक्नु यस राशिको सबैभन्दा ठुलो कमजोरी हो। धनु राशिका जातकले आफ्नो यो कमजोरी हटाउन रूबी लगाउनुपर्छ। यसका साथै सूर्यको पूजा पनि गर्नुपर्छ।