उत्तर कोरियामा ११ दिनसम्म खुसीयाली मनाउने कार्यक्रम गर्न र हाँस्न प्रतिबन्ध

काठमाण्डाै- उत्तर कोरियामा किम जोङ्गको सरकारले त्यहाँका जनतालाई कुनै पनि प्रकारको खुसी मनाउने तथा हाँस्न ११ दिनसम्म हाँस्न तथा अरू प्रतिबन्ध लगाइएको छ ।

उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको निधन भएको अहिले १० वर्ष भएको छ । किम जोङ्ग इलको यस १० औँ पुण्यतिथिमा शोक मनाउन भन्दै त्यसको सरकारले जनतालाई कुनै पनि प्रकारको खुसी मनाउन तथा हाँस्न ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाको छ ।उत्तर कोरियाको राष्ट्रपति कार्यालयको प्रशासनले जारी गरेको सूचना अनुसार दिवंगत किम जोङ्ग इलको शोक मनाउन भन्दै यस्तो आदेश दिएको छ।

यस अवधिमा कुनै पनि प्रकारका खुसी मनाउने कार्यक्रम गर्ने जाँड-रक्सी खाने जस्ता कार्य गरेमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ। यदि कसैले आदेश उल्लङ्घन गरेमा कडा कारबाही हुने बताएको छ । साथै निगरानीको लागि सुरक्षाकर्मी परिचालन गरेको प्रशासनले जनाएको छ । उत्तर कोरियाली शासक किम जोङ्ग इलको निधन सन २०११  डिसेम्बर १७ मा निधन भएको थियो ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८१५:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डले कुरा बुझ्न सकेनन्, नेकपाका अध्यक्ष केपी शर्मा ओली