आफ्नो मालिक्नी फोनमा कुरा गरिरहेको देखिसहेन कुकुरले, गर्यो यस्तो हर्कत

एजेन्सी : अधिकांस मानिसहरु आफ्नो सुरक्षाको लागि कुकुर पाल्छन्। यद्यपि कतिपयले आफ्नो सोखको कारण कुकुर पाल्छन्। मानिसहरु आफ्नो कुकुरको धेरै हेरचाह गर्छन्। कुकुरहरू यति बुद्धिमान हुन्छन् कि जब तिनीहरूको मालिकले तिनीहरूलाई बेवास्ता गर्छ, तिनको ध्यान पाउन अनेक गर्न थाल्छन्।

आज हामीले सामाजिक सञ्जालमा एउटा भिडियो फेला पारेको छौँ, जुन भिडियोमा एउटा कुकुरले आफ्नी मालिक्नीको ध्यान पाउन यस्तो हर्कत गरे कि जुन हेरेर तपाईले आफ्नो हाँसो रोक्न सक्नुहुनेछैन। भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि एक युवतीले सम्भवत: आफ्नो कुकुरलाई डुलाउन कतै लिएर गएकी थिईन्। यसैक्रममा उनी आफ्नो कुकुरलाई छोडेर एक ठाउँमा बस्छिन् र फोनमा कसैसँग कुरा गर्न थाल्छिन्। युवती बालुवाको थुप्रोमा बसेर फोनमा कुरा गरिरहेको देख्न सकिन्छ।

त्यसपछि जे हुन्छ त्यो हेरेर तपाई पेट मिचीमिची हाँस्नुहुनेछ। कुकुरलाई शायद आफ्नो मालिक्नी फोनमा कुरा गरिरहेको मन परेन किनकी फोनमा कुरा गर्दा मालिक्नीले कुकुरलाई बेवास्ता गरिन्। त्यसपछि कुकुरलाई आफूलाई मालिक्नीले बेवास्ता गरेको ठिक लागेन्। अनि त्यसपछि कुकुर बालुवाको थुप्रो हटाउन थाल्छ।

कुकुरको यस्तो हर्कतबाट अनभिज्ञ युवती फोनमा निरन्तर कुरा गरिरहन्छिन्। र अचानक युवती उत्तानो पर्छिन्।

यो भिडियो भाइरल पोस्ट्स(@ViralPosts5) नामक ट्वीटर अकाउन्टबाट शेयर गरिएको छ। यो भिडियो हेरेर मानिसहरुले अनेकखाले प्रतिक्रियाहरु दिएका छन्। भिडियोलाई अहिलेसम्म ६७ हजार पटक हेरिएको छ। त्यस्तै २७०० भन्दा बढीले भिडियोलाई लाइक गरेका छन्।

भिडियो यहाँ हेर्नुहोस् : –

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरानो घरमा दम्पत्तिले भेट्टाए बक्स, खोलेर हेर्दा रातारात बने मिलिनियर