अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ को कारण प्रदर्शन मिति दुई हप्ता पछाडि सारियो ‘चपली हाइट ३’

आगामी शनिबार अर्थात् पुष ३ गरे प्रदर्शन मिति तय गरेको फिल्म ‘चपली हाइट ३’ प्रदर्शन हुने केही दिन मात्र बाकि हुँदा आफ्नो प्रदर्शन मिति सारेको छ ।

केही समय देखि चर्चामा रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ ले नेपालमा पनि एक साथमा प्रदर्शन गर्ने भएको छ । पुष्पा यही शुक्रबार पुष २ गते रिलिज हुने भएको छ । भने नेपाली फिल्म ‘चपली हाइट ३’ पुष ३ मा रिलिज हुने भनिएको थियो । तर दक्षिण भारतीय फिल्म ‘पुष्पा’ नेपाल आउने भएपछि ‘चपली हाइट ३’ का निर्देशक अर्जुन कुमारले प्रेस विज्ञप्ती जारी गर्दै फिल्म रिलिज मिति २ हप्ता पछाडि सारेका छन् ।

यति बेला सामाजिक सञ्जालमा विभिन्न किसिमको टिक्का टिप्पणी हुन लागेको छ । साथै पुष २ मा अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ नेपाल आउने भएको छ । एक साथमा दुई विदेशी फिल्म नेपालमा लाग्दा नेपाली फिल्म भने प्रदर्शन गर्न धरमराएको छ । अहिले चर्चा हुन थालेको छ की के नेपाली फिल्म कमजोर कथा वस्तुमा बन्न लागेका हुन् तथा नेपालमा विदेशी फिल्मको हाबी भएको हो ।

केही दिन पहिले देखि नै फिल्म निर्माता अर्जुन कुमारले सामाजिक सञ्जालमा अल्लु अर्जुन, सलमान खान, शाहरुख खानको फिल्मसँग आफू भिड्न नसक्ने बताउँदै आएका थिए । साथै उनले भनेका थिए कि यदि उनको फिल्म ‘चपली हाइट ३’ र बलिउड, साउथ, हलिउड फिल्म एक साथमा प्रदर्शन भएमा आफ्नो फिल्मले मा सोज पाउने भन्दै उनले आफ्नो फिल्म विदेशी फिल्म सँग भिड्न नसक्ने बताउँदै आएका थिए ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

म रक्सी पिउँछु, जसले पैसा दिन्छ उसको साथ….! उर्फीको क्रिसमस प्लान