ओली: प्रचण्डले सेयर कारोबार ध्वस्त पारिदिन खोजे, कतै सेयर कारोबरिले चन्दा नदिएर हुनसक्छ !

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गर्ने कार्यक्रममा बोल्दै सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति कडा आलोचना गर्दै लेनिनभन्दा पनि दाहाल जान्ने भएको भन्दै टिप्पणी गरेका छन् ।

जनताको जीवनस्तरमा उनको उनको भनाइबाट के-कस्तो प्रभाव पर्छ भन्ने केही वास्ता नगरी दाहालले आफ्नो अभिव्यक्ति दिएको ओलीले बताए ।कार्यक्रममा थापा बोल्दै ओलीले भने प्रचण्डलाई जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे कुनै चासो नभएको भन्दै ओलीले आरोप लागेका छन् ।

कार्यक्रममा थप बोल्दै ओलीले दाहाललाई लक्षित गर्दै भने ‘कुन सेयर कारोबारीले उनलाई चन्दा दिएन होला अनि, ए चन्दा नदिने ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेजस्तो छ ।’ओलीले यदि प्रचण्डको ठाउँमा आफूहरुले त्यस्तो अभिव्यक्ति दिएको भए अहिलेसम्म ताती सक्ने उनले बताए । ‘

हामीले गरेको भए सडक तात्थे, माइतिघरले पुग्दैनथ्यो, सञ्चारमाध्यम हरुले पनि आगो बाल्थे । यति हुँदा पनि कोही बोल्दैन । किनभने अस्थिरता बनाइरहने खल्बलाइरहने शिलशिला चलिरहेको छ ।’

 

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उत्तर कोरियामा ११ दिनसम्म खुसीयाली मनाउने कार्यक्रम गर्न र हाँस्न प्रतिबन्ध