शनि देवको नजर हरेक किसिमको मानिसमा हुने गर्दछ । त्यस्तै यदि शनि देवको नजर नराम्रो नियत भएको मानिसमा पर्न गयो भने भने उसको जीवनमा अनेक प्रकारका दुःखले घेरिन्छ । त्यसतैमा कसैले शनि देवलाई खुसी बनाउन सक्यो भने केही नभएको कंगाललाइ पनि अमिर बनाउँछन् । नयाँ वर्ष २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ।
ज्योतिष शास्त्रका अनुसार शनिको परिवर्तनका कारण केही राशिमा शनिको दशा चल्छ भने केही राशिमा यसको प्रभाव अशुभ प्रभाव समाप्त हुन्छ । यस्तो अवस्थामा सन २०२२ यी ३ राशिमा शनिदेवको कृपा रहने भएको छ ।
मेष राशि
सन २०२२ शनिको राशि परिवर्तनले मेष राशिको लागि शुभ तथा विशेष हुने भएको छ । यस बाहेक कानून, इन्धन उद्योगमा काम गर्नेलाई शनिदेवको कृपा मिल्नेछ । आम्दानीको स्रोतहरु बढ्नेछ। परिश्रमको पूर्ण फल मिल्नेछ। यसका साथसाथै नोकरी गर्ने मानिसको उल्लेखनीय प्रगति हुनेछ। व्यापार व्यवसाय गर्नेहरुले ठुलो आर्थिक लाभ मिल्नेछ ।
वृष राशि
नयाँ वर्षमा वृष राशिका मानिसहरूलाई शनिदेवको विशेष कृपा हुने भएको छ । शनि कुम्भ राशिमा प्रवेश गरेसँगै आर्थिक स्थितिमा सुधार आउनेछ। साथै नोकरी-व्यवसायमा उन्नतिको प्रशस्त अवसर मिल्नेछ। नोकरी खोज्नेहरुको चिन्ता हट्नेछ । आर्थिक अवस्था राम्रो रहनेछ । रोकिएका काम पुरा हुनेछन् । जग्गा, सवारी साधन र घरको विषयमा निर्णय लिनको लागि नयाँ वर्ष राम्रो छ।
धनु राशि
नयाँ वर्षमा धनु राशिको राशिको भाग्य परिवर्तन हुने भएको छ । धन सम्बन्धी काममा प्रगति हुनेछ । व्यवसायीहरुको दैनिक आम्दानीमा वृद्धि हुनेछ । अचल सम्पत्तीमा लगानी गर्न राम्रो अवसर मिल्नेछ। नोकरी खोज्नेहरुलाई राम्रो काम प्राप्त हुनेछ । अविवाहितहरूले शुभ समाचार प्राप्त गर्नेछन्। अप्रिल २९ पछि शनि तपाईको राशिको दोस्रो घरमा प्रस्थान गर्नेछन् । जसका कारण धन लाभको प्रबल सम्भावना रहनेछ ।