नयाँ वर्षमा केतुको यी राशिमा पर्नेछ नकारात्मक प्रभाव, कुन राशिमा कस्तो असर पर्छ जान्नुहोस्

जब केतुले राशि परिवर्तन गर्छ यसको प्रभाव सबै राशिमा पर्ने गर्दछ । जब केतुले राशि परिवर्तन गर्छ तब सबै राशिमा प्रभाव पर्छ तर केतुको प्रभाव सबै राशिमा नकारात्मक पर्छ भन्ने छैन । जब केतुले राशि परिवर्तन गर्छ तब केही राशिमा सयको शुभ प्रभाव पर्छ भने केही राशिमा शुभ प्रभव पर्ने हुन्छ । त्यस्तै सन २०२२ अप्रिल १२ मा केतुले राशि परिवर्तन गर्ने भएको छ ।

केतुको राशि परिवर्तन तुला राशिमा हुने भएको छ । त्यसअघि केतु वृश्चिक राशिमा रहनेछ। केतुको यो राशि परिवर्तनले कुन राशिमा कस्तो असर पार्छ ? हेर्नुहोस्….

मेष राशि

शारीरिक पीडा हुनेछ। मानसिक तनावको सामना गर्नुपर्ने हुन सक्छ। काममा उतारचढावको सामना गर्नुपर्नेछ । आर्थिक उन्नति हुनेछ । जीवनसाथीसँग विवाद हुनसक्छ ।

वृष राशि

वृष राशि भएका मानिसलाई यस राशि परिवर्तनको समयमा कुनै षड्यन्त्रको शिकार हुन सक्नुहुन्छ। आर्थिक द्वन्द्व बढ्नेछ। चिन्तित अनुभव गर्न सक्नुहुन्छ। पेट र कलेजो सम्बन्धी समस्याको सामना गर्नु पर्नेछ।

मिथुन राशि

सन्तानसँगको सम्बन्ध बिग्रन सक्छ, खर्च बढ्नेछ। साथै आफ्नो पार्टनरलाई सकेसम्म धेरै माया र हेरचाह देखाउने प्रयास गर्नुहोस्। यस समयमा सम्बन्धमा प्रेमको आवश्यकता हुन सक्छ। यसबाहेक तपाईको कल्पनाशील क्षमतामा कमी हुन सक्छ र तपाई भ्रमण गर्न कम इच्छुक हुनुहुनेछ।

कर्कट राशि

स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। यसका साथै बालबालिकाको स्वास्थ्यको पनि ख्याल गर्नुपर्नेछ । दैनिक आम्दानी बढ्नेछ। आमाको स्वास्थ्यमा समस्या बढ्नेछ।

सिंह राशि

परिवारमा तनावको वातावरण रहनेछ। पारिवारिक विवादले मानसिक तनाव बढाउनेछ । आर्थिक रूपमा आफ्नो कुनै पनि सम्पत्ति बेचेर राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्नुहुन्छ। दाजुभाइसँग यात्रामा जान सकिनेछ ।

कन्या राशि

कार्यस्थलमा राम्रो छवि बन्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ । धन वृद्धिको प्रशस्त अवसर मिल्नेछ । दाजुभाइ परिवारमा समस्या आउन सक्छ। नयाँ वर्षमा सावधानी अपनाउनुहोला । विशेष गरी अन्य मानिससँग संवाद गर्दा धेरै ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्धमा दुरी बढ्न सक्छ।

तुला राशि

नयाँ वर्षको प्रारम्भमा परिवारमा तनावको वातावरण रहनेछ, जसको कारण मानसिक तनाव बढ्न सक्छ । वैदेशिक स्रोतबाट लाभ हुनेछ । व्यापारमा भाग्यले साथ दिनेछ । आर्थिक लेन-देन सम्बन्धी धेरै मामिलामा सफलता मिल्नेछ।

वृश्चिक राशि

धन आर्जनमा समस्या आउनेछ । जसका कारण खर्च बढ्नेछ । कुनै पनि परियोजनामा ​​सफलता प्राप्त गर्न, तपाईले कडा मेहनत गर्नुपर्छ। साथै धार्मिक कार्यमा रुचि बढ्नेछ।

धनु राशि

दाम्पत्य जीवनमा केही समस्या आउन सक्छ। यात्राको समयमा जीवनसाथीको स्वास्थ्य बिग्रन सक्छ। कुनै व्यवसायमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने समय राम्रो रहनेछ । परिवारमा धन खर्च बढ्नेछ।

मकर राशि

यात्राको समयमा भाग्यले साथ दिनेछ। जसका कारण आम्दानीमा अचानक वृद्धि हुनेछ । शत्रुबाट छुटकारा पाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि लाभ हुने सम्भावना छ । यसबाहेक काम वा पेशागत क्षेत्रमा ग-म्भीर संघर्ष हुनेछ।

कुम्भ राशि

रोजगारीमा उतारचढाव आउने संकेत देखिन्छ । यद्यपि हाम्रो क्षमताले परिस्थितिलाई सन्तुलनमा राख्न सक्नु हुनेछ । दाम्पत्य जीवन राम्रो रहनेछ। काममा सन्तानको साथ पनि मिल्नेछ । धन तथा दैनिक आम्दानी बढ्नेछ ।

मीन राशि

कुनै कारणले परिवारबाट टाढिनु पर्न हुनसक्छ । लामो दुरीको यात्रामा जान सकिनेछ । राशि परिवर्तनको अवधि आर्थिक अवस्था सामान्य रहनेछ। आध्यात्मिक यात्रामा जाने योजना बन्न सक्छ । वर्षको मध्यमा अचानक धन हानि हुन सक्छ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पुष पहिनाको पहिलो बिहिबार , कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !