विवाह गर्न निकै कठिनाई हुन्छ यी ५ राशिका मानिसको, जान्नुहोस् कुन-कुन हुन् ती राशिहरु

विवाह गर्नु सबैको लागि सबैभन्दा सुन्दर सपना हुन सक्छ, तर केही मानिसहरू विवाह गर्नबाट टाढा भाग्छन्। यी दुवै अवस्थाहरू धेरै हदसम्म उनीहरुको राशि चिन्ह र उनीहरुको सोचमा निर्भर हुन्छन्। ज्योतिष शास्त्रमा केही यस्ता राशिको बारेमा बताइएको छ जसले विवाह गर्नबाट टाढा रहन्छन् । जसका कारण उनीहरु या त ढिलो बिहे गर्छन् वा जीवनभर अविवाहित रहन्छन् ।

मिथुन राशि

मिथुन राशिका मानिसहरुको मन निकै चंचल हुन्छ, उनीहरु आफ्नो निर्णय बारम्बार परिवर्तन गरिरहन्छन् । जसका कारण जीवनसाथीको बारेमा उनीहरुको रोजाइमा पनि परिवर्तन भइरहन्छ । एउटै जीवनसाथीसँग पुरै जीवन बिताउने सोचले डराउँछ । त्यसैले उनीहरु विवाह गर्नबाट भाग्छन् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरू जीवनमा उत्साह र साहसिक कार्य मन पराउँछन्। विवाहको बारेमा उनीहरुको एउटै छनोट हुन्छ तर श्रीमान्–श्रीमती बीचको झगडाको बारेमा सोचेर उनीहरुले विवाह गर्ने सोच बदल्छन् ।

धनु राशि

धनु राशिका मानिसहरु कसैसँग सम्बन्ध बनाउन र तोड्नदेखि यति धेरै डराउँछन् की जसको कारण उनीहरु अविवाहित रहन मन पराउँछन्। त्यसैले उनीहरु सामान्यतया अविवाहित रहन्छन्।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरू आफ्नै जीवनको आनन्द लिन माहिर हुन्छन्। त्यसैले उनीहरु आफ्नो जीवन बिताउनको लागि अरुको साथमा हुनु आवश्यक महसुस गर्दैनन्। त्यसैले उनीहरु एक्लै बस्ने निर्णय सजिलै लिन्छन् ।

मीन राशी

मीन राशिका व्यक्तिहरू सम्बन्ध छुट्ने विषयमा यति डराउँछन् की त्यसैले उनीहरू कसैलाई प्रस्ताव गर्दैनन्। यसका साथै अन्य मानिसबाट धेरै अपेक्षा राख्छन् र कसैले उनीहरुको अपेक्षा पूरा गर्न नसक्ने महसुस गर्छन् । त्यसैले उनीहरुको जीवन परफेक्ट लाइफ पार्टनरको खोजीमा बित्छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०२२ मा अपनाउनुहोस् यी ५ उपाय, माता लक्ष्मीको कृपाले हुनेछ धनको वर्षात !