सभापतिमा मैले जित्नै पर्छ, हारे भने मलाई प्रधानमन्त्रीबाट पनि हटाउँछन्: त्यसैले मलाई जिताइदिनु होला: प्रधानमन्त्री देउवा

काठमाण्डाै – वर्तमान प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् ।

काठमाण्डौमा भएको आदिवासी जनजाति विभागको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देवाले यस पटक आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले आफुले सभापतीबाट हारेमा उनलाई प्रधानमन्त्रीबाट पनि हटाउन सक्ने भन्दै अहिलेको समयमा जसरी भए पनि कांग्रेस सभापतिमा जिताउन आग्रह गर्नु भएको छ ।

अहिलेको समयमा सभापतिमा हारेमा आफुलाई विभिन्न प्रश्न उठ्ने भन्दै ‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् साथै मैले सभापतिमा हारे भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले अहिलेको समयमा जसरी पनि मैले जित्नै पर्छ । पार्टीको चुनाव पनि जित्न सकिएन भने मलाई सरकारबाट पनि हटाउन सक्छन् त्यसैले मलाई जिताइदिनु होला ।

त्यस्तै अन्त्यमा उहाँले भन्नु भयो कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको बताएका छन् ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओली: प्रचण्डले सेयर कारोबार ध्वस्त पारिदिन खोजे, कतै सेयर कारोबरिले चन्दा नदिएर हुनसक्छ !