पुष १६ गतेसम्म सावधान रहनुस् यी ४ राशिका जातक, हुन् सक्छ भारी नोक्सान

काठमाडौँ : अँग्रेजी महिना डिसेम्बरमा अहिलेसम्म तीन ग्रहले राशि परिवर्तन गरिसकेकेको छ। आज बुध ग्रहले राशि परिवर्तन गरेको छ। यसपछि सूर्यले राशि परिवर्तन गर्दैछ। ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्दा यसको प्रभाव सबै राशिहरुलाई पर्छ। कतिपय राशिमा शुभ त कतिपयमा अशुभ प्रभाव पर्छ। ज्योतिष शास्त्रको हिसाबले पौष १६(डिसेम्बर ३१) गतेसम्म समय केही राशिका लागि शुभ मान्न सकिँदैन। जान्नुहोस ती राशिहरुका बारेमा जोसँग सम्बन्धित व्यक्ति आउँदो पुष १६ गतेसम्म सावधानी अपनाउन जरुरी छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

जागिरमा कामकाजको बोझ बढ्न सक्छ। शैक्षिक काममा विशेष ध्यान दिनुहोला। कठिनाइको सामना गर्नु पर्नेछ। परिवारमा बालबालिकाको स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। साथीभाइसँग बसेर समय बर्बाद गर्नुहुनेछ। दाम्पत्य जीवनमा समस्याहरु आउन सक्छ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मानसिक अशान्तिले सताउन सक्छ। पारिवारिक काममा अवरोध आउन सक्छ। बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। करियरमा बाधा अड्चन आउनेछ। धन हानि हुन सक्छ । वाहन सुख पाउनुहुने छैन। आफ्नो जीवनसाथीलाई पर्याप्त समय नदिँदा अप्ठ्यारो पर्न सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कसैसँग बातचित गर्दा संयमता अपनाउनुपर्नेछ। मेहनतको अनुकूल लाभ मिल्ने छैन। लडाई झगडाबाट टाढै रहनुहोला। पैसा बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ। परिवारका सदस्यको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। घरपरिवारमा विवाद हुनबाट जोगिनुपर्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन बैचेन रहनेछ, जसकारण काम प्रभावित हुनेछ। कुनै पनि नयाँ काम सावधानीपूर्वक सुरु गर्नुहोस्। अन्यथा क्षति हुन सक्छ। कुराकानीमा सन्तुलन कायम राख्नुपर्छ । कुराकानीमा उग्र नहुनुहोला। साथीभाईले आर्थिक नोक्सानी पुर्याउन सक्छ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८२०:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालसर्प योगबाट हुन् सन् २०२२ को सुरुवात, राहु-केतुबाट ठूलो प्रलयको सम्भावना