कालसर्प योगबाट हुन् सन् २०२२ को सुरुवात, राहु-केतुबाट ठूलो प्रलयको सम्भावना

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार सन् २०२२ को उदय वृश्चिक राशि (Scorpio Zodiac) र कन्या राशि(Virgo Zodiac) मा हुँदै छ। वर्षको सुरुमा चन्द्रमा ज्येष्ठा नक्षत्रको पहिलो चरणमा रहनेछ। ग्रहको यहीँ स्थितिबाट आउने वर्ष जागिरे, व्यापार-व्यवसाय गर्नेहरुका लागि विशेष रहनेछ। यस बाहेक नयाँ वर्षको प्रारम्भसँगै काल सर्प योग पनि बन्ने छ। जसका कारण सङ्कटको सामना गर्नुपर्नेछ। ज्योतिषीय दृष्टिकोणले नयाँ वर्ष २०२२ कस्तो रहला ?

ज्योतिष शास्त्रका अनुसार सन् २०२२ आरम्भ हुनेबित्तिकै १२ बजेपछि कालसर्प योग बन्ने छ। कुण्डलीमा बन्न लागेको कालासर्प योगमा राहुको दृष्टि भाग्य स्थानमा रहेको छ। यसबाहेक केतु, चन्द्रमा र मङ्गलसँग पराक्रम भावमा बसेको छ। यसकारण धर्तीमा अवस्था नाजुक हुने छ। आकाशबाट कुनै विपत्ति आउन सक्छ। योसँगै देशले ठुलो सङ्कटको सामना गर्नुपर्छ। मुलुकभर आँधीबेहरी आउन सक्छ।

ज्योतिषशास्त्रका अनुसार नयाँ वर्ष स्वास्थ्यको हिसाबले सामान्य रहनेछ। तर, बालबालिकालाई रोगबाट टाढै राख्नुपर्छ। शिक्षाका लागि २०२२ मिश्रित रहनेछ। विद्यार्थीहरूले नयाँ वर्षमा सकारात्मक परिणाम प्राप्त गर्नेछन्। गत वर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको शिक्षामा निरन्तरता आउनेछ। यसबाहेक आर्थिक दृष्टिकोणले पनि २०२२ विशेष रहनेछ। अर्थतन्त्रको अवस्था सुधार हुँदै गएको छ। अर्थात् कोरोना महामारीका कारण खस्कँदै गएको अर्थतन्त्र राम्रो हुनेछ ।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको ३० दिन नगर्नुहोस् यस्ता कार्य, हुनेछ विनाशको कारण: अवश्य जान्नुहोस्