समग्रमा कर्कट राशि भएका मानिसको लागि वर्ष २०२२ शुभ रहने भएको छ । वर्षको प्रारम्भमा आर्थिक लाभ हुनेछ। वर्षको अन्त्य तिर व्यवसायमा बाधा आउनेछ। सेप्टेम्बर २०२२ सम्मको समय व्यापार गर्ने मानिसको लागि शुभ हुनेछ । यस बाहेक अप्रिलमा बृहस्पतिको गोचरले सम्मान बढ्ने छ । यस बाहेक समग्रमा कर्कट राशिको लागि सन २०२२ मा विशेष हुनेछ । हेर्नुहोस् सन २०२२ कस्तो हुन्छ कर्कट राशिको भाग्य फल….
प्रेम फल
यस वर्ष कर्कट राशिको कर्कट राशिको मनिसको लामो समय देखि प्रेम सम्बन्धमा रहेकाको विवाह हुने योग बनेको छ । विवाहित हरुको लागि पहिले देखि भएको समस्या समाधान भएर जानेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ ।
करियर फल
कर्कट राशिको लागि सन २०२२ करियरको हिसाबले मिश्रित नतिजा ल्याउने छ। यस अवधिमा कार्यक्षेत्रमा उन्नति-प्रगति मिल्नेछ, प्रयासबाट प्रगति मिल्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ । व्यवसायको दृष्टिकोणले वर्षको सुरुवात त्यति अनुकूल रहनेछैन र सफलता प्राप्त गर्नको लागि कडा परिश्रम र ध्यान दिनु पर्नेछ।
पारिवारिक फल
परिवारको खुसीमा कमी महसुस हुनेछ, साथै परिवारको सहयोग प्राप्त गर्नमा समस्या हुनेछ, जसका कारण तपाईको व्यक्तिगत जीवन तनावपूर्ण हुनेछ, र कामको अधिकताले तपाई परिवारबाट टाढै बस्नु पर्नेछ। नवविवाहितहरूले यो वर्ष राम्रो समाचार पाउन सक्छन्।
आर्थिक फल
खर्चमा नियन्त्रण गर्नु तपाईको आर्थिक अवस्था सुधार गर्न सहयोगी साबित हुनेछ। यो वर्ष निकै खर्च हुने सम्भावना रहेकोले ध्यान दिएर खर्च गर्नुहोस्। घर तथा गाडी किन्ने सपना पनि पूरा हुने संकेत देखिन्छ। कर्कट राशिका विद्यार्थीहरूका लागि वर्षको सुरुवात उतार-चढावले भरिपूर्ण रहनेछ। उच्च शिक्षा प्राप्त गर्नको लागि अप्रिल भन्दा पछिको समय अत्यन्त शुभ रहनेछ।