काठमाडौँ : – आजको पञ्चाङ्ग : आज मंसिर २४ गते हो। आज नन्दा सप्तमी हो। यो महिना मार्गशीर्षको हो। आज मार्गशीर्षको शुक्ल पक्षको सप्तमी तिथि हो। यस महिनालाई अगहन पनि भनिन्छ। पौराणिक मान्यता अनुसार सत्ययुगमा देवगणले मार्गशीर्ष महिनाको प्रथम तिथिलाई वर्ष प्रारम्भ गरेका थिए। अगहन महिनामा श्रीमद्भागवत् ग्रन्थ सुन्दा विशेष कृपा मिल्ने विश्वास गरिन्छ। अगहन महिनालाई मार्गशीर्ष भन्नुपछाडी धेरै तर्कहरु छन्। भगवान कृष्णलाई धेरै रूप र धेरै नामले पूजा गरिन्छ। ती मध्येको एउटा रुप मार्गशीर्ष पनि हो। यसकारण यो महिना भगवान कृष्णको लागि समर्पित छ। यो महिनामा पवित्र नदीमा स्नान गर्दा शुभ हुन्छ। यसबाट पुण्य प्राप्त हुन्छ र पाप नष्ट हुन्छ। यस महिनामा हरेक दिन विष्णु सहस्रनाम, भागवत गीता र गजेन्द्रमोक्षको पाठ गर्नुपर्छ।
आज शुक्रबार हो। हिन्दु धर्ममा प्रत्येक दिन अलग-अलग भगवानलाई समर्पित छ। एक दिनमा दुई वा तीन देवताको पूजा गर्ने विधान छ। शुक्रबारको दिन माता लक्ष्मी र माता सन्तोषीको पूजा गरिन्छ। यस दिन व्रत बस्दा धेरै फाइदा हुन्छ। पञ्चाङ्ग अनुसार आजको शुभ एवं अशुभ मुहूर्त र आज ग्रहहरुको चाल कस्तो रहला पढ्नुहोस्।
(आजको तिथि – सप्तमी , २४:४४ बजे उप्रान्त अष्टमी) ♦ (आजको नक्षत्र – शतभिषा , २७:३७ बजे उप्रान्त पूर्वभाद्रपदा) ♦ (आजको करण – गर १३:११ बजेदेखि वणिज , २४:४४ बजे उप्रान्त वालव) ♦ (आजको पक्ष – मार्ग शुक्लपक्ष) ♦ (आजको योग – हर्षण , १४:३८ बजे उप्रान्त वज्र) ♦ (आजको बार – शुक्रवार)
सूर्योदय-सूर्यास्त
[सूर्योदय(sunrise) – ६:४५ ] ♦ [सूर्यास्त(sunset) – १७:०७]
हिन्दू मास एवं वर्ष
(शक संवत् – १९४३ प्लव) ♦ (विक्रम संवत्–२०७८) ♦ (काली संवत्–५१२२) ♦ (दिन संवत्–१०:२३:०५) ♦ (मास संवत्– मार्गशीर्ष) ♦ (मास पूर्णिमान्त – मार्गशीर्ष) ♦ (शुभ समय – ११:५२:५४ देखि १२:३४:२३ सम्म) ♦
अशुभ समय (अशुभ मुहूर्त
(दुष्टमुहूर्त – ११:५१:५९ देखि १२:३३:३१ सम्म) ♦ (कुलिक – ११:५१:५९ देखि १२:३३:३१ सम्म) ♦ (कन्टक– १६:०१:१३ देखि १६:४२:४५ सम्म) ♦ (राहु काल – १२: ३१ : ०० देखि १३:५१:०० सम्म) ♦ (कालवेला / अर्द्धयाम – ०७:४२: ४५ देखि ०८:२४:१७ सम्म) ♦ (यमघण्ट – ०९:०५:४९ देखि ०९:४७:२२ सम्म) ♦ (यमगण्ड – 08:19:06 से 09:36:59 तक ०८:१९:०६ देखि ०९:३६:५९ सम्म) ♦ (गुलिक काल – १३:५१:०० देखि १५:१२:०० सम्म) ♦