यही मंसिर २८ गते अर्थात् १४ डिसेम्बर २०२१ मंगलबार वृश्चिक राशिमा मंगल र केतुको एक साथ मिलन हुने भएको छ । अनुराधा नक्षत्रमा यी दुवै ग्रह यस राशिमा एकसाथ मिलन हुन् लागेको हो । अनुराधा नक्षत्रमा शनिले शासन गरेको नक्षत्र हो । र शनि मकर राशिको शासक ग्रह हो। यो राशिको दशौँ राशि हो ।
जसका कारण आध्यात्मिक गतिविधिमा तीव्र रुपमा फल प्राप्त हुनेछ । त्यस्तै सामान्यतया मंगल र केतुको संयोगलाई यसबाट प्रभाव पर्ने राशिमा अर्थतन्त्र र रोजगारीको सन्दर्भमा खासै राम्रो प्रभाव पर्दैन साथै समृद्धिमा केही अवरोध देख्न सकिनेछ । मंगल र केतुको यो संयोगले केही राशिलाई अशुभ प्रभाव पर्ने भएको छ । यस प्रकार छन् ती राशिहरु….
मेष राशि
मेष राशिका व्यक्तिहरूका लागि मंगल पहिलो र आठौँ घरको स्वामी हो र यस समयमा केतुको साथमा आठौँ घरमा अवस्थित हुनेछ। कार्यस्थलमा केही समस्याको सामना गर्नु पर्नेछ। यस समयमा कामको बोझ बढने छ । यस समयमा आफ्नो काम वा कामको विषयमा सन्तुष्ट हुनुहुनेछैन।
वृष राशि
वृष राशिका लागि सातौँ र बाह्रौं घरको स्वामी मंगल ग्रह हो र यस समयमा केतुसँगै सातौँ घरमा बिराजमान हुनेछन् । समृद्धिको दृष्टिले यो समय खासै अनुकूल छैन । यस समयमा तपाईले कार्यस्थलमा आफ्ना वरिष्ठहरूको साथमा तपाईको गल्तीका कारण केही समस्याहरूको सामना गर्नु पर्नेछ। व्यवसायीले घाटा बेहोर्नु पर्नेछ ।
मिथुन राशि
यस राशि परिवर्तनको कारण मिथुन राशिलाई शुभ प्रभाव पर्ने भएको छ । मिथुन राशिको छैठौँ र एघारौँ घर स्वामी मंगल हुन् । यस राशि परिवर्तनको कारण कारण केतु छैठौँ घरमा अवस्थित हुनेछन् । मय तपाईको व्यवसायको विस्तार र उत्थानको लागि धेरै शुभ रहनेछ । यस समयमा व्यवसायमा प्रगति हुनुको साथै काममा पदोन्नति मिल्नेछ। तपाई व्यापार गर्दै हुनुहुन्छ भने तपाईले यस अवधिमा धेरै नाफा कमाउने सम्भावना छ।
कर्कट राशि
कर्कट राशिको लागि यस समयमा आर्थिक लाभ हुनेछ । आध्यात्मिक कार्यमा भाग लिन र रुचि देखाउनको लागि यो समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । आर्थिक दृष्टिले यो समय तपाईको लागि अनुकूल रहनेछ। मंगल र केतुको संयोगको प्रभावले राम्रो धन आर्जन गर्न सकिनेछ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूका लागि चौथो र नवौँ घरको स्वामी मंगल ग्रह हो र यो समयमा केतु चौथो घरमा रहनेछन् । महत्त्वपूर्ण निर्णय लिनको लागि यो समय शुभ रहने छैन। यस अवधिमा तपाईको परिवारमा केही समस्याहरू पनि देखा पर्न सक्छन्। व्यावसायिक जीवनमा तपाईले कार्यस्थलमा अधिक कामको बोझ वहन गर्न पर्ने हुनसक्छ ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरूका लागि मंगल तेस्रो र आठौँ घरको स्वामी हो र यस समयमा केतु कन्या राशिको तेस्रो घरमा विराजमान हुनेछन् । यो समय तपाईका लागि खासै फाइदाजनक रहने छैन। यस समयमा तपाईले आफ्ना सहकर्मी र मातहतका व्यक्तिहरूको समर्थन प्राप्त गर्नुहुनेछैन । त्यसैले यस समयमा तपाई अन्य मानिसको सहयोग बिना योजनाबद्ध रूपमा काम गर्न सक्नु हुनेछ ।
तुला राशि
तुला राशिका व्यक्तिहरूका लागि मंगल दोस्रो र सातौँ घरको स्वामी हो र यो संयोगमा केतु वृश्चिक राशिको दोस्रो घरमा अवस्थित हुनेछ। मंगल र केतुको यो संयोग परिवार वा पारिवारिक जीवनको लागि अनुकूल नहुन सक्छ । मिहिनेतको अपेक्षित फल प्राप्त नहुन सक्छ । तपाईलाई आफ्नो काम सहज रूपमा गर्न केही कठिनाइहरू सामना गर्न पर्नेछ ।
वृश्चिक राशि
यस राशिका मानिसहरूका लागि मंगल ग्रह पहिलो र छैटौं घरको स्वामी हो र यो समयमा केतुको साथमा मंगल पहिलो घरमा अवस्थित हुनेछन् । यो समय खासै अनुकूल रहने छैन । वरिष्ठहरूसँगको तपाईको सम्बन्ध अलि नाजुक रहनेछ। साथै आर्थिक पक्षको दृष्टिकोणले पनि यो समय खासै राम्रो रहने छैन । यस अवधिमा धन हानि हुने प्रवल सम्भावना रहेको छ ।
धनु राशि
धनु राशिका व्यक्तिहरूका लागि मंगल पाँचौ र बाह्रौ घरको स्वामी हुन् र यो संयोगमा वृश्चिक राशीमा केतु र बाह्रौ घरमा अवस्थित हुनेछन्। यस समयमा धनु राशिको मानिसलाई सहकर्मीहरूसँग विवाद हुने सम्भावना रहेको छ । सन्तानको स्वास्थ्य चिन्ता बढ्नुको साथै स्वास्थ्य उपचारमा खर्च बढ्ने छ । लगानी गरेको स्थानबाट समयमा धन प्राप्त नहुन सक्छ ।
मकर राशि
यस राशि परिवर्तनको कारण मकर राशि भएका मानिसको लामो समय देखिको अधुरा काम पुरा हुनेछ । यस अवधिमा नयाँ रोजगारीका अवसरहरू फेला पर्न सक्छन्। वर्तमान कार्यक्षेत्रमा तपाई आफ्ना सहकर्मी र वरिष्ठ अधिकारीहरूसँग राम्रो सम्बन्ध बनाउन सक्षम हुनुहुनेछ। आर्थिक पक्षको कुरा गर्दा यस समयमा तपाईलाई धन लाभ हुने सम्भावना छ । जसका कारण तपाईले खुलेर पैसा खर्च गर्न सक्नु हुनेछ ।
कुम्भ राशि
यस समयमा अनुसन्धान र आफ्नो काममा पूर्ण रूपमा समर्पित देखिनुहुनेछ। जसको परिणाम स्वरूप राम्रो फल प्राप्त हुनेछ । काममा कार्य भर वृद्धि हुनेछ साथै पदोन्नतिको सम्भावना रहेको छ । आर्थिक जीवनको कुरा गर्दा यस समयमा तपाईलाई आर्थिक लाभ हुने सम्भावना प्रबल रहेको छ।
मीन राशि
यस राशि परिवर्तनको कारण सुखद तथा रमाइलो यात्रा हुनेछ । व्यावसायिक जीवनमा तपाईको पदोन्नतीको सम्भावना रहेको छ । यस अवधिमा तपाईको काम प्रतिको लगावको कारण उच्च अधिकारी प्रसन्न हुनेछन् । यस समयमा पैतृक तथा जग्गा सम्बन्धी कारोबारमा लाभ हुनेछ ।