यो १ राशिका लागि सन् २०२२ निकै शुभ, नोकरी-व्यवसायमा ठुलो सफलता

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको राशि परिवर्तनको कारण सबै राशिहरूमा प्रभाव पर्ने गर्दछ । कुनै पनि राशिका मानिसमा ग्रहहरूको अनुकूल प्रभाव भएमा त्यस राशिका व्यक्तिहरूलाई राम्रो फल मिल्ने गर्दछ । भने अर्कोतर्फ ग्रहको स्थिति राम्रो नभए जीवनमा नकारात्मक असर पर्छ । राशिफल २०२२ अनुसार वृष राशिका लागि यो वर्ष केही मामिलामा विशेष हुने भएको छ । यो वर्ष प्रेम जीवनको सन्दर्भमा रोमान्सले भरिएको छ। करियरमा उन्नतिको सम्भावना पनि छ । यस बाहेक नयाँ वर्षमा के-के कुरामा विशेष हुनेछ हेर्नुहोस् ।

करियर

वृष राशिको लागि करियरको लागि अनकुल हुनेछ । यो वर्षमा नोकरीमा पदोन्नति हुनेछ । कार्यस्थलमा अन्य मानिसबाट तपाईको कामको प्रशंसा हुनेछ । जागिर खोज्नेहरूले नयाँ काम उपहार स्वरूप पाउनेछन्। व्यवसायीहरूले वर्षको सुरुमा राम्रो आर्थिक लाभ प्राप्त गर्नेछन्। तर वर्षको अन्त्यमा मिहिनेत अनुसार मात्रै धन लाभ हुनेछ ।

पारिवारिक फल

यो वर्ष पारिवारिक जीवनमा राम्रो रहनेछ। परिवारजनसँग रमाइलो पल बिताउने अवसर मिल्नेछ। यसका साथै परिवारका सदस्यहरूबाट मान-सम्मान मिल्नेछ। साथै परिवारका सदस्यहरूबाट पनि आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवनमा आएको आर्थिक समस्या हट्नेछ ।

प्रेम फल

सन २०२२ प्रेम जीवनका लागि विशेष रहने छ । प्रेम विवाह गर्न चाहनेहरुको विवाह हुने योग बनेको छ । दाम्पत्य जीवन रोमान्सले भरिपूर्ण रहनेछ। यो वर्षमा जीवन साथीको पूर्ण साथ-सहयोग मिल्नेछ। साथै जीवन साथीसँग राम्रो समय बिताउन सक्षम हुनुहुनेछ।

आर्थिक फल

आर्थिक पक्षयको सन्दर्भमा सन् २०२२ राम्रो रहनेछ। यो वर्षमा धनमाल बढ्ने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। तर घरेलु काममा धन खर्च बढी हुनेछ । घरजग्गामा लगानीका लागि यो वर्ष विशेष रहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ मा यी ७ राशिलाई पढाई तथा परीक्षामा ठुलो सफलता, पुरा हुनेछ विदेशमा अध्ययन गर्ने सपना !