मंगल ग्रह वृश्चिक राशिमा प्रवेश गरिसकेको छ। वृश्चिक राशिमा सूर्य, केतु र बुध पहिले देखि नै रहेको थियो। मंगल ग्रहको आगमनसँगै चार ग्रहको योगफल एकसाथ बनेको छ । तर, यो योग डिसेम्बर १० मा बुधको प्रस्थानसँगै समाप्त हुनेछ। यससँगै डिसेम्बर १६ मा सूर्य धनु राशिमा प्रवेश गर्दा मंगल र केतुको ज्वालामुखी योग बन्नेछ। यो अवस्था १६ जनवरी २०२२ सम्म रहनेछ। मंगल र केतुले बनेको यो ज्वालामुखी योगले केही राशिलाई संकट आउनेछ । यस प्रकार छन् ती राशिहरु….
मेष राशि
मंगल र केतुबाट बनेको ज्वालामुखी योगको प्रभाव मेष राशिमा नकारात्मक प्रभाव पर्ने भएको छ । कामिन सम्बन्धी कारोबारमा हानि हुनेछ । यसको साथै पैतृक सम्पत्तिमा पनि हानी हुनसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृष राशि
साझेदारीको गरिएको व्यवसायमा विवाद हुनेछ। दाम्पत्य जीवनमा खुसीको कमी हुनेछ। विवाहमा ढिलाइ हुने सम्भावना छ । चिसोबाट सजग रहनुहोला अन्यथा स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन राशि
शत्रुहरु परास्त हुनेछन् । यात्रा लाभदायक हुनेछ। नोकरी-व्यवसायमा भाग्यको पूर्ण सहयोग मिल्नुको साथै लाभ हुने समय रहेको छ ।
कर्कट राशि
काममा उन्नतिको अवसर मिल्नेछ । टर नाफा कम हुनेछ । कुनै पनि योजना अधुरो रहनेछ। मनमा दुबिधा बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ । सामाजिक रुपमा मान सम्मान बढ्नेछ ।
सिंह राशि
आमा बाबुको स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक कारोबारमा समस्या सिर्जना हुन् सक्छ । व्यक्तिगत सम्पत्तिको कारोबारमा नोक्सानी हुन सक्छ । शत्रु सक्रिय हुनेछन् ।
कन्या राशि
धार्मिक कार्यमा रुचि बढ्नेछ। सफलताका लागि मिहिनेत गर्नुपर्नेछ । भाग्यले पूर्ण साथ दिनेछ।
तुला राशि
घर तथा साथीसँग विवाद हुनेछ । खर्चमा वृद्धि हुनेछ । केही रहस्य खुल्नेछ । जसका कारण मन अशान्त रहनेछ । यस समयमा आफन्त तथा साथीभाइ टाढा हुन सक्छन् ।
वृश्चिक राशि
क्रोधबाट हुने हानिले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ। दाम्पत्य जीवनमा विवाद हुनेछ। यसका साथै दैनिक काममा अवरोध आउनेछ । काममा साथीभाइको साथ सहयोग प्राप्त हुनेछ ।
धनु राशि
स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । परिवारमा दाजुभाइसँग विवाद हुने सम्भावना छ । कुनै पनि चोटले शारीरिक समस्या हुनेछ । अध्ययनमा मन जानेछैन ।
मकर राशि
सोचेको काममा साथीभाइ तथा दाजुभाइको सहयोग मिल्नेछ । कुनै पनि ठुलो योजना सहज रुपामा सफल हुनेछ। यसका साथै धन लाभको योग पनि रहेको छ । मन प्रसन्न हुनेछ ।
कुम्भ राशि
परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । पैसाको कारोबारमा सावधानी अपनाउनुहोला अन्यथा नोक्सानी हुन सक्छ । लगानी गरेको स्थानबाट लाभ हुने समय रहेको छ । दैनिक आम्दानी बढ्नेछ।
मीन राशि
आम्दानी बढ्ने छ । व्यापार व्यवसायमा सावधानी अपनाउनुहोला अन्यथा आर्थिक हानि हुनेछ । विचार गरिएका सबै काम पूरा हुनेछन्। पैतृक सम्पत्तिबाट लाभ हुनेछ ।