उर्फी जावेद सधैँ आफ्नो रुचि अनुसारको कपडा लगाउने गर्छिन् । यति मात्र होइन, उर्फीको ग्ल्यामरस लुक्ससँगै उनका फ्यानहरुले उनको निर्दोष स्टाइल पनि निकै मन पराउँछन् । अहिले उर्फी फेरि एक पटक आफ्नो लुगाका कारण चर्चामा आएकी छिन् ।
हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना फ्यानका लागि केही तस्बिर शेयर गरेकी छिन् । यी नयाँ तस्बिरहरूमा उर्फीले कोर्सेट र दुपट्टाबाट बनेको लुगा लगाएको देखिन्छ। यस पटक उर्फीको लुगा हेर्दा गुलाबी र सुन्तला रंगको दुपट्टा छुट्टाछुट्टै बेरिएको देखिन्छ ।
यो नयाँ लुकमा उर्फीले आफ्नो कपालमा फ्रन्ट पफको साथ पोनी बनाएकी छिन् र उर्फी हल्का लिपस्टिक, आइलाइनर र हल्का गुलाबी ब्लशमा निकै सिन्दर देखिएकी छिन् । यस भन्दा पहिले पनि उर्फी विभिन्न कारणले सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् । प्राय: उर्फी उनले लगाएको कपडाको कारण चर्चामा आउने गरेकी छिन ।
पछिल्लो समयमा उर्फी सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । उर्फी उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेकी छिन् ।