काठमाडौँ : आउँदो ९ दिनसम्म सूर्य वृश्चिक राशिमा विराजमान रहनेछ। सूर्य वृश्चिक राशिमा रहँदा केही राशिलाई विशेष लाभ मिल्नेछ। सूर्य शुभ हुँदा व्यक्तिको भाग्योदय हुन्छ। ज्योतिष शास्त्रमा सूर्य देवको विशेष स्थान छ। सूर्यदेव सबै ग्रहहरुका राजा हुन्। ज्योतिष शास्त्रमा सूर्यलाई आत्मा, पिता, मान-सम्मान, सफलता, प्रगति एवं सरकारी र गैर-सरकारी क्षेत्रमा उच्च सेवाको कारक ग्रह मानिन्छ। आउँदो ९ दिनसम्म कुन राशिमा सूर्य देवको कृपा रहनेछ त….
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
कार्यक्षेत्रमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि यो समय वरदानभन्दा कम हुनेछैन। आर्थिक पक्ष बलियो हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यसँग समय बिताउनुहोला। मान-सम्मान र पद-प्रतिष्ठामा वृद्धि हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
धन-लाभ हुनेछ, जसकारण आर्थिक पक्ष मजबूत हुनेछ। नोकरी र व्यापारको लागि समय वरदानभन्दा कम छैन। मान-सम्मान र पद-प्रतिष्ठामा वृद्धिको योग बनिरहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीसँग सम्बन्ध सुमधुर रहनेछ। जीवनसाथीसँग समय व्यतीत गर्नुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
जीवन खुशीयालीपूर्ण रहनेछ। नोकरीमा पदोन्नतिको योग छ। सरकारी जागिरको खोजीमा रहेका व्यक्तिका लागि पनि समय शुभ छ। यस समयावधि बढुवाको पनि योग बन्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा सबैले तपाईको कामको तारिफ गर्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यो अवधि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शुभ रहेको छ। जीवनसाथीसँग पर्याप्त समय बिताउनुहोला। कडा मेहनत गरे अवश्यै सफलता मिल्नेछ। धार्मिक एवं आध्यात्मिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।