लासमय देखि प्रेम चर्चामा रहँदै आएका दुई कलाकार तथा मोडल ब्रेक:अपले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
चर्चित हाँस्य सिरियल सक्किगोनीका कलाकार सागर लम्साल (बले) र पछिल्लो समयमा टिकटकबाट चर्चामा आउन सफल कलाकार तथा मोडल प्रिज्मा खतिवडाको ब्रेक:अपको खबरले सामाजिक सञ्जाल तताएको छ । अखिले पनि सार्वजनिक रुपामा प्रेम सम्बन्ध नस्विकारेक यो जोडी अहिले भने ब्रेक:अपपछि सामाजिक सञ्जालमा सम्बन्ध टुट्नुको कारण एक अर्कोलाई लगाइरहेका छन् ।
सगार लम्साल पछिल्लो समयमा हाँस्य अभिनयको साथै थुप्रै म्युजिक भिडियोमा देखिन थालेका छन् । यसै क्रममा सागर लम्साल र प्रिज्माले साथमा म्युजिक भिडियोमा पनि काम गरेका छन् ।
त्यस्तै प्रिज्मा पनि अहिलेको सामाजिक सञ्जाल टिकटक मार्फत चर्चामा आएकी उनी पछिल्लो समयमा थुप्रै म्युजिक भिडियोमा काम गरेका छन् । अहिले भने सगर लम्साल (बले) र प्रिज्माको ब्रेक:अपले निकै चर्चा पाएको छ । अहिले यी दुईले दिएको अन्तर्वार्तामा एकले अर्कोलाई विभिन्न आरोप लगाइरहेका छन् ।
यी दुईले अन्तर्वार्ताको क्रममा भनेका छन् कि एक ले आर्कोबाट सम्मान पाउन नसकेको,सम्बन्धको महत्व नदीको जस्ता आरोप एकले अर्कोलाई लगाई रहेका छन् भने यी दुईको सम्बन्ध छुटनुको खास कारण भने दुवैले खुलाएका छैनन् ।