बलिउड अभिनेता आमिर खानको फिल्म दंगालमा गीता फोगतको भूमिका निर्वाह गरेर चर्चामा आएकी अभिनेत्री फातिमा सना शेख अहिले उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चामा छिन् । अभिनेत्री अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।
केही समय पहिले बलिउड अभिनेता आमिर खानले उनको दोस्रो पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यस समयमा बलिउड अभिनेता आमिर खान र अभिनेत्रीको विषयमा सामाजिक सञ्जालमा विभिन्न किसिमको टिक्का टिप्पणी भएको थियो ।
अभिनेत्री फतिमाले सन १९९७ मा कमल हासनसँग फिल्म ‘चाची ४२०’ मा बाल कलाकारको भूमिका निर्वाह गरेकी थिइन् । उनले धेरै फिल्मका साथै टिभी सिरिजमा पनि काम गरिसकेका छन् ।
बलिउड अभिनेता आमिर खान र उनकी दोस्रो श्रीमती किरण रावको सम्बन्ध विच्छेदपछि फातिमा सना शेख चर्चामा छिन् । आमिर र किरणको डिभोर्सको खबर आएपछि आमिरसँग ‘दंगल’ र ‘ठग्स अफ हिन्दोस्तान’मा काम गरेकी अभिनेत्री फातिमा सना शेख सामाजिक सञ्जालमा ट्रोल हुन थालेकी छन् ।
यी दुईको नाम एकसाथ जोडिएको यो पहिलो पटक भने होइन । उनीहरुको रोमान्सको खबर आउनुअघि नै अभिनेत्रीले उनीहरुको सम्बन्धलाई लिएर मौनता तोडेकी थिइन् ।