भोलि मंगलबारको राशिफल : मध्यम फलदायी छ तपाईको दिन, स्वास्थ्य अवस्थाले पिरोल्छ

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

रिस नियन्त्रण नहुँदा कार्य र सम्बन्ध बिग्रन सक्ला। मानसिक रुपले निराश र बेचैनीको  कारण कुनै कार्यमा मन लाग्नेछैन।  स्वास्थ्य  स्वस्थ रहनेछ। कुनै धार्मिक स्थल अथवा मांगलिक प्रसंग उपस्थित हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

शारीरिक रुपले अस्वस्थ रहनाले तथा कार्य सफलता प्राप्त नहुनाले निराश अनुभव गर्नुहुनेछ। कुनै नयाँ कार्यको शुभारम्भ नगर्नुहोला। खानपिनमा उचित अनुचितको विवेक राख्नुहोला। शिथिलता रहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन आनन्दमा बित्नेछ। शारीरिक र मानसिक रुपले  खुशी अनुभव गर्नुहुनेछ। मित्र र परिवारसँग पर्यटन स्थलमा घुमफिरको आनन्द लिनुहुनेछ। स्वादिष्ट भोजनको स्वाद लिनुहुनेछ। नयाँ कपडा खरिद गर्नुहुनेछ। मान-सम्मान र लोकप्रियता  वृद्धि हुन सक्ला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

व्यवसायको लागि दिन लाभदायी रहनेछ। कार्यालयमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। मानसिक रुपले स्वस्थ अनुभव गर्नुहुनेछ। प्रतिस्पर्धामा  विजय मिल्नेछ। साथै अधिक खर्च हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिर्जनात्मकता र कला सम्बन्धि प्रवृत्तिको लागि दिन श्रेष्ठ रहेको छ। विद्यार्थिगण पनि अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्नेछन्। आफन्त र मित्रसँग भेट हुनेछ। शारीरिक स्वास्थ्य पनि स्वस्थ रहनेछ। मानसिक एकाग्रता बनिरहनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन प्रतिकूलतामय रहनेछ। शारीरिक उर्जाको अभाव रहनेछ र मानसिक रुपले चिन्तित रहनुहुनेछ। श्रीमतीसँग झगडा हुन सक्ला। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। स्थावर सम्पत्तिको कार्यमा सावधानी अपनाउनु होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिन आनन्दमय रहनेछ। प्रतिस्पर्धि समक्ष विजयको स्वाद लिनुहुनेछ। प्रत्येक कार्य सफल हुनेछ। आफन्तसँग भेट हुनेछ। मानसिक रुपले प्रसन्न रहनुहुनेछ। धार्मिक यात्राले आनन्द अनुभव गर्नुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

परिवारमा झगडा मुक्त वातावरण सिर्जना गर्न बोलीमा ध्यान राख्नुहोला। तपाईको व्यवहारले कसैको मनमा ठेस पुग्नेछ। वैचारिक रुपले नकारात्मकता आफुमा आउन नदिनुहोला। स्वास्थ्य बिग्रन सक्ला। विद्यार्थीको  शिक्षा प्राप्त गर्नमा अवरोध हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

निर्धारित गरिएको कार्य पूर्ण हुनेछ। भगवानको कृपा रहनेछ। शारीरिक तथा मानसिक स्वस्थताले प्रसन्न रहनुहुनेछ। कुनै रमणीय स्थलमा भ्रमण होला। आफन्तसँग भेट हुँदा मन आनन्दित रहनेछ। निकट आफन्तसँग शुभ प्रसंग उपस्थित हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

 तपाईको मन अस्वस्थ रहनेछ। धार्मिक, सामाजिक कार्यमा पैसा खर्च हुनेछ। आफन्त र मित्रसँग झगडा हुन सक्ला। धन हानि र मानहानि हुने योग रहेको छ। अदालती कार्यमा असफलता मिल्नेछ। बोलीमा ध्यान राख्नुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

नयाँ कार्यको  आयोजनको लागि कार्यको प्रारम्भ शुभ सिद्ध हुनेछ। व्यापारीको व्यापारमा विशेष लाभ हुनेछ। सामाजिक क्षेत्रमा प्रसिद्दि मिल्नेछ। सन्तानसँग मेलमिलाप हुनेछ। आम्दानी बढ्नुको साथै छोटो भ्रमणमा जानुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

व्यवसायिक दृष्टिले लाभदायी दिन रहेको छ। तपाई  कार्यसफलताको  कारण उच्च अधिकारी प्रति प्रसन्न रहनुहुनेछ। व्यवसायमा  पदोन्नति हुने योग रहेको छ। व्यापारीको व्यापारमा लाभ होला। पिताबाट लाभ होला। परिवारमा वातावरण आनन्ददायी रहनेछ। मान-प्रतिष्ठा  वृद्धि हुनेछ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस साताभर अत्यन्तै शुभ हुनेछ यी ४ राशिलाई, मिल्नेछ अनेक लाभ !