मिथुन राशि
साता मिथुन राशि हुनेहरुका लागि धेरै नै राम्रो छ। सुरुवाती दिनबाटै सफलता मिल्न थाल्नेछ। कठिन भन्दा कठिन कार्य पनि सहजै सम्पन्न हुनेछन्। रोजगारीको क्षेत्रमा पनि सातालाई धेरै राम्रो मान्न सकिन्छ। नयाँ कार्यका लागि लगानी जुट्नेछ। पारिवारिक यात्राको योग समेत देखिन्छ। साताको अन्त्यमा शुभ समाचार मिल्न सक्ला। मुद्दा मामिला एवं वादविवादमा जित हाँसिल हुनेछ।
सिंह राशि
समग्रमा साता सिंह राशि हुनेहरुका लागि धेरै राम्रो रहने देखिन्छ। साताभर स्वास्थ्यले साथ दिनेछ। उर्जा तथा पराक्रम बढेर जानेछ। प्रभावशाली व्यक्तिसँगको भेटघाटले महत्वपूर्ण कार्य सफल गराउनेछ। बोलिका कारण सहजै प्रभाव जमाउन सकिएला। गर-गहनामा खर्च भए पनि आर्थिक समस्याले सताउनेछैन। सप्ताहान्तमा रमाइलाे यात्राकाे याेग देखिन्छ।
तुला राशि
साताका शुरुवाती दिनमा आर्थिक समस्या रहने भएपनि समग्र रुपमा साता धेरै शुभ देखिन्छ। दिनहरु बित्दै जाँदा महत्वपूर्ण कार्यहरु बन्नेछन्। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। सामाजिक कार्यले मान-सम्मान दिलाउन सक्छ। आवश्यक परेको खण्डमा टाढिएका मित्रहरु पनि सहयोगको लागि अगाडी आउनेछन्। प्रियजनबाट उपहार प्राप्त होला।
मकर राशि
यस हप्ता धन संचय गर्न सकिनेछ। साताको शुरुवातमै मनग्य आम्दानी हातलागी हुनेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा सबै समस्या टर्ने छन्। खेलाडीहरुका लागि साता धेरै नै विशेष सावित हुनेछ। शुभचिन्तकहरूकाे साथ, सहयाेग मिल्दा अफ्ठेरो परिस्थितबाट उन्मुक्ति मिल्नेछ। साथै बेरोजगारहरुका लागि पनि साता धेरै राम्रो रहने देखिन्छ। दिगो फाइदा हुने कामको शुरुवात गर्न सकिनेछ।