गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को उपाधि जितेका पवनदीप राजन र शोकी फर्स्ट रनरअप अरुणिता कान्जिलालले आफ्नो स्वरले मानिसलाई मोहित बनाएका छन् भने उनको केमेस्ट्रीबाट पनि मानिसहरु निकै प्रभावित बनेका छन् । प्राय: स्टेजमा दुवैजना सँगै आउँछन् मानिसहरुलाई उनीहरुको स्वोरले मोहित बनाउँछन् । उनीहरुलाई सँगै हेर्नका लागि उनीहरुका फ्यानहरु सधैँ उत्साहित हुन्छन् । यसै क्रममा अब यस्तो खबर आएको छ, जसले दुबैका फ्यानको मन देख्न सक्छ ।
‘इन्डियन आइडल’ मा उनीहरुको जोडीलाई निकै रुचाइएको थियो र शो पछि पनि दुवै आफ्नो केमेस्ट्रीका कारण निकै चर्चामा छन् । योसँगै उनीहरुले धेरै प्रोजेक्टमा सँगै काम पनि गरेका छन् ।
यही क्रममा केही समय अघि संगीत निर्देशक राज सुरानीले दुवैलाई आफ्नो म्युजिक सिरिजका लागि साइन गरेका थिए । तर अब अरुणिताले यो सिरिज बिचमै छोडेको खबर आएको छ ।
मिडिया रिपोर्टका अनुसार अरुणिताकी आमालाई पवनदीपसँगको सम्बन्धको बारेमा सुरु देखि नै मन पर्दैन । जब राज सुरानीले आफ्नो म्युजिक भिडियो सिरिजका लागि यी दुईलाई साइन गरे अरुणिताका बुवाले त्यही बेला पवनदीप र उनकी छोरीबीच कुनै पनि इन्टिमेट सीन खिच्न नहुने स्पष्ट पारेका थिए । त्यसपछि सुरानीले अरुणिताका बुवालाई सेटमा बस्न आग्रह गरिन् ।
रिपोर्टका अनुसार जब राज सुरानीसँग यसबारे कुरा गरिएको थियो, उनले पनि अरुणिताको परिवारले यो सिरिजमा काम गर्न नचाहेको जवाफ दिएका थिए । उनले भने, ‘अरुणितालाई काम गर्न मन लागेन भने विदेशी शो किन गरिन् ? यो उसको परिवारको निर्णय हो जस्तो लाग्छ, तर म यसमा धेरै रिसाएको छु।