किन छोरी सारासँग काम गर्न चाहदिनन् त अमृता ? यस्तो छ कारण !

अभिनेत्री सारा अली खानको आमा अमृता सिंहसँग राम्रो  सम्बन्ध छ।  सारा आफ्नो आमासँग निकै समय बिताउन मन पराउँछिन्। दुवै आमाछोरीले एउटा विज्ञापनमा एकसाथ काम पनि गरिसकेका छन्। तर अभिनेत्री सारा एकपटक आफ्नी आमासँग फिल्ममा संगै काम गर्न चाहन्छिन्। तर उन्लैइअ आफ्नो आमाले आफुसंग काम गर्न नचाहन सक्ने कुरा पनि भनेकी थिइन्।

साराले भनिन्  कि उनको आमा उनीसंग काम  गर्न चाहनन् किनकी उहाँ उनको आमा हो। यदी शुट  चलिरहेको छ र मेरो अनुहारमा कपाल मात्र आयो भनेपनि उहाँले कट भन्न सक्नुहुन्छ। साथै उहाँ मलाई अझ राम्रो गरेको हेर्न चाहनुहुन्छ किनकी म उहाँको छोरी हुँ। म कहिले पनि उहाँलाई यो स्थितिमा देख्न सक्दिन।

साराले भनिन् ,” मेरी आमाको अनुसार हामीले कामलाई १०० प्रतिशत दिनुपर्छ। तब मात्र हामीले त्यो कुरा पाउँछौँ जुन हामीले चाहेका छौँ। उहाँ आफ्नो काममा निकै उत्सुकतापूर्वक जानुहुन्छ र पछि अझै उत्सुक भएर फर्किनुहुन्छ। आमा बन्नु अघि उहाँ अभिनेत्री हुनुहुन्थ्यो र अहिले पनि उहाँमा त्यस्तै जोश छ।”

साराको आमा अमृताले ‘बेताब’, ‘नाम’, ‘आईना’, ‘खुदगर्ज’ र ‘चमेली की शादी’ जस्ता थुप्रै फिल्ममा काम गरिसकेकी छन्। फिल्ममा काम गर्ने समयमा नै अमृता सिंहले १९९१ मा सैफ अली खानसँग  बिहे गरेकी थिइन्। बिहे भएको ४ वर्षपछि सारा अली खानको जन्म भएको थियो।  साथै २००४ मा इब्राहिमको जन्म भएको थियो र २००४ मा सैफ र अमृताको डिभोर्स भएको थियो। कामको कुरा गर्ने हो भने अमृता फिल्म ‘ अतरंगी रे ‘ मा देखिएकी थिइन्।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहको नजिकिँदै गर्दा कट्रिना समस्या बढ्यो, प्रहरीले अभिनेत्रीको गाडी रोक्यो: भिडियो भाइरल