एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण(Deepika Padukone) आफ्नो फिल्मका साथसाथै स्टाइलको लागि पनि चिनिन्छिन्। तर अरु अभिनेत्रीहरु जस्तै उनी पनि धेरैपटक उप्स मोमेन्ट्सको शिकार भईसकिन्। सन् २०१७ मा दीपिका आफ्नो पहिलो हलिउड फिल्मको प्रचारप्रसार गर्न एक कार्यक्रममा पुगेकी थिईन्।
फिल्मको प्रमोसनको क्रममा दीपिकाले निकै बो:_-ल्ड ड्रेस लगाएकी थिईन्। जसको नतिजा तुरुन्तै देखियो, उनले बारम्बार आफ्नो लुगा सम्हालिरहेको देख्न सकिन्छ। दीपिकाले फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज(XXX: Return of Xander Cage)’ मा शानदार अभिनय गरेकी छिन्।
भारतमा फिल्म प्रमोसनको क्रममा दीपिकाले गोल्ड कलरको गाउन लगाएकी थिईन्, जुन पछाडी ब्याकलेस थियो। साथै अगाडी पनि छातीको लगभग पूरै भाग देखिन्थ्यो।
यो ड्रेसमा दीपिका अचम्मै राम्री देखिएकी थिईन् तर उनको ड्रेसले उनलाई निकै असहज बनायो। त्यसपछि सामाजिक सञ्जालमा उनको फोटो तथा भिडियोहरु भाइरल भयो।
दीपिका पछिल्लो समय पति रणवीरसँग फिल्म ‘८३’ मा देखिएकी थिईन् । यस फिल्ममा उनले कपिल देवकी पत्नीको भूमिका निभाएकी थिईन् ।