प्रधानमन्त्री देउवा: मलाई फेरी सभापति बनाउनुहोस् अझै राम्रो गर्नेछु

काठमान्डौ- प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए अहिले भन्दा राम्रो काम गर्ने बताएका छन् । सोमबार निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बान्ने चाहना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भने आफु साहभापति बन्ने मौका अन्तिम पटक भएको बताउँदै उनलाई सभापति बनाउन अनुरोध गरेका छन् । उनले भने ‘मलाई पत्रिको विधानअनुसार के पटक सभापति बन्न चाहन्छु । यो मेरो अन्तिम पटक हो अहिले मा प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। यसति अवसरमा म फेरि सभापति भए भने पहिले भन्दा अझै राम्रो गर्न सक्छु। त्यसैले म पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु मलाई एकपटक सहयोग गरिदिनुस् ।’

त्यसतै क्रममा प्रधान मन्त्रीले कांग्रेस उदार र जिम्मेवार पार्टी भएको हुँदा महाधिवेशन गरेर कसैलाई दु:ख नदिने बताएका छन् । अहिले कोरोनाको जोखिम फेरो बढेको हुँदा जोखिम मोलेर जनतालाई दुख नदिने उनले बताएका छन् ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा पनि दुई जनामा पुष्टि भयो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन