नेपालमा पनि दुई जनामा पुष्टि भयो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा पनि कोरोना भाइरसको नयाँ नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ । सोमबार जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अहिलेको समयमा देखिएको कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकाबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।

नेपालमा देखिएको नयाँ भेरियन्टको संक्रमित व्यक्तिमा ६६ वर्षीय एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । नयाँ भेरियन्ट देखिएको दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयको जनाएको छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएका दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएको बताएका छन् ।

संक्रमित विदेशी नागरिक यही मंसिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मंसिर ७ गते कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको बताएको छ । त्यसतै स्वास्थ्य मन्त्रालयको अनुसार मङ्सिर १९ गते जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा दुवैमा नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि हो । त्यस पछि यी दुई नागरिकको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयको जनाएको छ ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दरबारमार्गस्थित सलमान खानको ब्राण्ड पसलबाट श्रोत नखुलेको ६९ लाख बरामद