ऐश्वर्याका ३ कट्टर दुश्मन, अनुहार हेर्न त के नाम पनि सुन्न चाहदैनन्

एजेन्सी : बलिउडकी सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन (Aishwarya rai Bachchan) लाई कुनै परिचयको जरुरत छैन। उनी आफ्नो देशबाहेक संसारभरी लोकप्रिय छिन्। ४८ वर्षकी विवाहित ऐश्वर्यालाई पाउन अझैँ पनि मान्छे भुतुक्कै हुन्छन्। तर जसको चाहनेवाला हुन्छन् तिनको दुश्मन हुनु स्वाभाविक नै हो। के तपाईलाई ऐश्वर्या रायको कट्टर दुश्मनका बारेमा थाहा छ, उनीहरु पनि बलिउड फिल्म इन्डस्ट्रीकै हुन्।

वास्तवमा ऐश्वर्याले सन् १९९७ मा मणिरत्नमको फिल्म इरुवरबाट अभिनयमा प्रवेश गरेकी थिईन्। यहीँ वर्ष बलिउड फिल्म ‘और प्यार हो गया’ मा पनि उनी देखा परेकी थिईन्। दुवै फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन्। यसअघि सन् १९९४ मा ऐश्वर्याले मिस वर्ल्डको ताज आफ्नो पोल्टामा पारेकी थिईन्।

मिस वर्ल्ड बनेपछि ऐश्वर्या रायलाई बलिउड इन्डस्ट्रीबाट फिल्मको लागि प्रस्तावको ओइरो लाग्न थाल्यो। भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ऐश्वर्याले भनेकी थिईन् – ‘फिल्म इन्डस्ट्रीमा कदम राख्नुअघि मैले मिस इन्डियामा भाग लिने निर्णय गरे। यदि मैले मिस इन्डियामा भाग नलिएको शायद राजा हिन्दुस्तानी मेरो पहिलो फिल्म हुन्थ्यो। आमिर खानको सल्लाहमा यस फिल्मको प्रिमियरमा पुग्दा सञ्जय लीला भन्सालीसँग पहिलो भेट भएको थियो।’

सञ्जय लीला भन्सालीसँगको पहिलो भेट नै ऐश्वर्याको करियरको टर्निङ प्वाइन्ट बन्यो। सञ्जय त्यतिबेला आफ्नो फिल्म ‘हम दिल दे चुके सनम(Hum Dil De Chuke Sanam)’ को लागि अभिनेत्रीको खोजीमा थिए। पहिले यो रोलमा भन्साली करीना कपूर या मनीषा कोइरालालाई लिन चाहन्थे तर जब उनले ऐश्वर्यालाई भेटे उनको मन बदलियो। भन्सालीले फिल्ममा ऐशलाई नै भूमिका दिए। सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ ऐश्वर्याको करियरको कोशेढुङ्गा बन्यो। त्यसपछि ऐशले सफलताको सिढी चढ्दै गईन् र उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्।

ऐशको फिल्मी करियरमा थुप्रै फ्यान्स बने भने केही दुश्मन पनि बनेका छन्। जसमा करीनाको नाम शीर्ष स्थानमा आउँछ। करीना कपूर खान र ऐश्वर्या राय बच्चनबीच दुश्मनी अभिषेक बच्चनले करिश्मासँग मँगनी तोडी उनीसँग विवाह गरेपछि सुरु भएको थियो। त्यसपछि यी दुईको सम्बन्ध बिग्रियो र अहिलेसम्म नै जस्ताको तस्तै छ।

ऐश्वर्या राय बच्चनको दोस्रो दुश्मन रानी मुखर्जी हुन्। किनकी शाहरुख खानको फिल्ममा रातारात ऐश्वर्याको स्थान रानीले लिएकी थिईन्। त्यस्तै ऐशको तेस्रो दुश्मन अनिल कपूरकी छोरी सोनम कपूर हुन्। वास्तवमा एक पटक सोनमले ऐश्वर्या राय बच्चनलाई अन्तर्वार्तामा आन्टी भनेर बोलाएकी थिईन्। त्यसपछि यी दुईको दुश्मनी सुरु भयो।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भारतीय अभिनेत्री चर्चामा आउन देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !