अभिनेत्री रेखाको महिला महामन्त्री बन्ने सपन भयो अधुरै

अहिलेको समयमा फिल्म क्षेत्रमा खासै नदेखिए पनि अभिनेत्री रेखा थापा सामाजिक सञ्जालमा भने निकै चर्चा हुने गरेको छ अभिनेत्री रेखा थापा अहिले राजनीति गर्ने धुनमा लागेकी छिन् । केही दिन पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा महिला मन्त्रिको पदमा उम्मेदवार दिएकी थिन् । महिला मन्त्री बन्ने धुनमा लागेकी अभिनेत्रीको सपना यति बेला तुहिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखालाई यति बेला कमल थापा प्यानलकी कुन्ती शाहीले ठुलो मतान्तरले पराजित गरेकी छिन् ।अभिनेत्री रेखाले १ हजार ६ सय ४० मत प्राप्त गर्दा थापा प्यानलकी कुन्ती शाहीले २ हजार ८ समय मत ल्याएर विजयी भएकी छिन् ।

केही समय पहिले रेखा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको पार्टीमा लागेको साथै प्रचण्डको साथमा कार्यक्रममा नाचेको खबरले निकै चर्चा पाएको थियो । पछि २०७३ सालबाट राप्रपामा प्रवेश गरेकी थिइन् ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ऐश्वर्याका ३ कट्टर दुश्मन, अनुहार हेर्न त के नाम पनि सुन्न चाहदैनन्