श्रीदेवीसँग हाँसिरहेको यो बालकलाई चिन्नुभयो? अहिलेको सुपरस्टार यिनी युवायुवतीको ढुकढुकी हुन्

एजेन्सी : ८०-९० को दशकमा सबै कलाकारहरुका अभिनेत्री श्रीदेवी (Sridevi) सँग काम गर्ने सपना हुन्थ्यो। सुन्दर रुप र लोभलाग्दो जीउडालकी श्रीदेवी नाच्दा सिनेमाघरमा दर्शक तीनछक्क पर्थे। आज पनि श्रीदेवीका थुप्रै फिल्मी गीतहरूमायुवतीहरु कार्यक्रममा नाचिरहेका देखिन्छन् । अहिलेका युवायुवतीहरुका ढुकढुकी बनेका एक अभिनेताले बाल्यकालमै श्रीदेवीसँग काम गर्ने मौका पाएका थिए। उनले अहिले नृत्यमा महारत हासिल गरेका छन्। उनले बच्चैमा श्रीदेवीलाई भेट्दा डरले थुरथुर काँपेको समेत बताए।

जब तस्बिरमा देखिएको बच्चा हुर्किए तब उनले अभिनेत्री श्रीदेवीसँग बिताएका पलहरु आफैँले सामाजिक सञ्जालमा शेयर गरेका थिए। शायद तपाईले अहिलेसम्म तस्बिरमा भएको बालकलाई चिनिसक्नुभयो होला। यदि अहिलेसम्म चिन्न सक्नुभएन भने तपाईलाई क्लु दिन्छौँ। उनी फिल्मको पृष्ठभूमि भएको परिवारका हुन्। उनका बुबा-काका चलचित्र उद्योगका चर्चित व्यक्तिहरु हुन्।

अझैँ पनि बालकलाई चिन्नुभएन भने तपाईलाई हामी बताउँछौँ। उनले कहो ना… प्यार है(Kaho Naa… Pyaar Hai) बाट मुख्य अभिनेताको रुपमा फिल्मी करियर सुरु गरेका थिए। तस्बिरमा श्रीदेवी पछाडी उभिएर हाँसिरहेका बालक ऋतिक रोशन(Hrithik Roshan) हुन्। ऋतिकका पिता एक चर्चित अभिनेता तथा फिल्म निर्देशक हुन्। ऋतिक आफ्नो डान्सिङ  स्टाइलको कारण चर्चित छन् र उनका अहिले करौडौं फ्यानफलोइङ  छन्। ऋतिक रोशनले बाल्यकालदेखि नै फिल्ममा काम गर्न सुरु गरेका थिए।

ऋतिक रोशनले श्रीदेवीसँग पहिलो पटक सन् १९८६ मा फिल्म ‘भगवान दादा’  मा काम गर्ने मौका पाएका थिए। यस फिल्मको शूटिङको क्रममा अभिनेत्री श्रीदेवीसँग पहिलो पटक भेट भएको ऋतिक आफैँले इन्स्टाग्राममा उल्लेख गरेका थिए । यो फोटो शेयर गर्दै उनले लेखेका थिए – ‘म उहाँलाई प्रेम गर्थे, उहाँको तारिफ गर्थे। मेरो पहिलो एक्टिङ  शट नै उहाँसँग थियो। म उहाँको अगाडी नर्भस भईरहेको थिए। अनि मलाई याद छ कि उहाँले मेरो आत्मविश्वास बढाउन नर्भसले आफ्नो हात काँपिरहेको जस्तो गर्नुभएको थियो। हामीले सिनमा हास्नुपर्ने थियो र मैले त्यो सिन नमिलाएसम्म उहाँ हाँसिरहनुभएको थियो। तपाईलाई धेरै याद गर्नेछु म्याम।(I loved her, admired her so much. My first ever acting shot was with Sri Devi, I was nervous in front of her and I remember her shaking her hands pretending to be nervous cause of me, just to boost my confidence. We had to laugh, and she kept laughing until I got it right. Will miss you mam. )’

ऋतिक रोशनको नाम अहिले टप स्टारहरुका सूचीमा आउँछ। ऋतिकले आफ्नो शानदार अभिनयले थुप्रै फिल्महरु हिट गराईसकेका छन्। ऋतिकका बुबापट्टिको हजुरबाबा एक सङ्गीतकार थिए भने आमापट्टिका हजुरबाबा जे ओमप्रकाश फिल्ममेकर थिए। उनका पिता राकेश रोशन फिल्म एक्टर तथा प्रोड्यूसर हुन् भने उनका अङ्कल राजेश रोशन एक प्रसिद्ध संगीत निर्देशक हुन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने ऋतिक रोशन अहिले ‘विक्रम वेधा’ को शूटिङमा व्यस्त छन्। यो फिल्ममा सैफ अलि खान पनि छन्। फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहेको छ। यो फिल्ममा ऋतिक पहिलो पटक दीपिका पादुकोणसँग काम गर्दैछन्। यो फिल्म ३० सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री रेखाको महिला महामन्त्री बन्ने सपन भयो अधुरै