आफ्नो ‘बहादुरी’ को कारण चर्चामा छिन् ‘कटप्पा’ की छोरी, यस्तो कामले पाईन् चौतर्फी वाहवाही

एजेन्सी : बाहुबली फिल्मले भारतीय सिनेमा जगतमा अहिलेसम्म आएका सबै फिल्मको रेकर्ड तोडेको थियो। यो फिल्म भारतमा मात्र हैन अरु देशहरुमा पनि राम्रै चलेको थियो। यसमा देखिएका सबै पात्रहरु जनजिब्रो बसेको थियो। फिल्म हिट भएपछि फिल्मका सबै कलाकारहरुका लोकप्रियता ह्वात्तै बढेको थियो।

यो फिल्म दुई भागमा रिलिज गरिएको थियो। फिल्मको पहिलो भाग समाप्त भएसँगै एउटा पात्र निकै चर्चित भएको थियो। त्यो पात्र हो कटप्पा। उनको वास्तविक नाम सत्यराज(Sathyaraj) हो तर ‘बाहुबली’ फिल्म रिलिज भएपछि उनी ‘कटप्पा’ नामबाटै चिनिन् थाले। उनले अहिलेसम्म २०० भन्दा बढी फिल्महरुमा काम गरिसके।

तपाई यो सुनेर छक्क पर्नुहोला कि सत्यराज रिल लाइफको हिरो हुन् भने उनकी छोरी दिव्या रियल लाइफको हिरोइन हुन्। दिव्याले आफ्नो कामबाट उनी पनि आफ्नो पिता जस्तै निडर रहेको साबित गरेकी छिन्। दिव्या पेशाले एक न्युट्रिसननिस्ट हुन्। उनलाई एक पटक औषधीको कम्पनीले औषधी बेच्न दबाब दिएको थियो।

तर उनले औषधीमा मिश्रित एक तत्वको कारण मानिसहरु अन्धोपनको शिकार हुन् सक्ने र मृत्युसमेत हुन् सक्ने भन्दै औषधी वितरण गर्न अस्वीकार गरिन्। दिव्याले कम्पनीको कुरा नमानेपछि उनलाई दबाब दिन् राजनीतिक शक्तिको पनि प्रयोग गरियो। र ज्यान मा:_*र्ने धम्की दिँदासमेत दिव्या आफ्नो निर्णयबाट डगमगाइनन्। पछि दिव्याले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै औषधी कम्पनीलाई कारबाही गर्न आग्रह पनि गरिन्।

पेशाले पोषण विशेषज्ञ(Nutritionist) दिव्या मानिसहरुको स्वास्थ्यको ख्याल राख्न काम गर्छिन्। उनलॆ यहीँ विषयमा एम.फिल. पनि गरेकी छिन्। अहिले उनी यसैमा पि.एच.डी पनि गरिरहेकी छिन् र फूड एण्ड न्युट्रिसन सब्जेक्तमा एक किताब पनि लेख्दैछिन्।

सत्यराजले आफ्नो करियरको सुरुवात नेगेटिभ क्यारेक्टरबाट गरेका थिए। यद्यपि पछि उनले एक्सन, ड्रामादेखि कमेडी फिलोमहरुमा पनि काम गरे। तर उनले सबैभन्दा धेरै लोकप्रियता कटप्पाको भूमिका निभाएर पाए।

सन् २०१५ मा भारतीय सञ्चारमाध्यमले लिएको अन्तर्वार्तामा सत्यराजले भनेका थिए – ‘२४ वर्षको उमेरमा लोककथामा आधारित फिल्ममा काम गर्ने इच्छा जागेको थियो तर ६० वर्षको उमेरमा एसएस राजामौली(S. S. Rajamouli) ले पूरा गरे। जब रजनीकान्त ३५ वर्षका थिए, तब मैले उनको पिताको भूमिका निभाएका थिए। त्यतिबेला म आफैँ ३१ वर्षको थिए। मैले कहिल्यै उमेरको पर्वाह गरिन्।’ शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस(Chennai Express)’ मा सत्यराजले दीपिकाको पिताको भूमिका निभाएका थिए।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८२०:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीदेवीसँग हाँसिरहेको यो बालकलाई चिन्नुभयो? अहिलेको सुपरस्टार यिनी युवायुवतीको ढुकढुकी हुन्