सफलताको मात चढेपछि आफ्नो ब्वायफ्रेन्डको चटक्कै माया मारे यी अभिनेत्रीले

एजेन्सी : सफलता पाएसँगै मान्छे बदलिने कुरा केही हदसम्म सत्य पनि हो। यो कुरालाई बलिउडका अहिलेका चर्चित अभिनेत्रीहरुका विगतका हर्कतले प्रमाणित गर्नेछ। यी अभिनेत्रीहरुले आफूले सफलता पाएसँगै आफ्नो पार्टनरलाई सधैँको लागि छोडे। यो सूचीमा कुन-कुन अभिनेत्रीहरु पर्छन् त ? हेर्नुस्।

♦ Alia Bhatt (आलिया भट्ट) : – 

करौडौं मानिसहरुका मुटुका धड्कन बनेकी अभिनेत्री आलिया भट्टको नाम पनि यो सूचीमा परेको छ। आफ्नो करियरको सुरुवातमा उनी आफ्नो विद्यालयको साथी अलि दादरकरलाई डेट गर्थिन्। तर सफलता पाएपछि आलिया अलिबाट टाढिईन्। र अहिले उनी रणबीर कपूरसँग वैवाहिक बन्धनमा छिन्।

♦ Priyanka Chopra (प्रियङ्का चोपडा) : – 

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयकौशलताले तहल्का मच्चाउन सफल अभिनेत्री प्रियङ्का चोपडाको पनि आफ्नो करियरको सुरुवातमा असीम मर्चेन्टलाई डेट गर्थिन्। तर सफलताको शिखर चुम्न थालेसँगै प्रियङ्का असीमबाट टाढिईन्।

♦ Anushka Sharma (अनुष्का शर्मा) : – 

बलिउडमा आफ्नो अलग छाप छोडेकी अभिनेत्री अनुष्का शर्माको नाम पनि यस सूचीमा समावेश छ। अनुष्का शर्मा आफ्नो करियरको सुरुवातमा जोहेब यूसुफलाई डेट गर्थिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अनुष्का र जोहेब दुई वर्षसम्म र सम्बन्धमा थिए। दुवैजना सँगै मुम्बईमा आएका थिए। जबकि अनुष्काले सफलताको चुचुरो चुमिन् भने जोहेब खाली हात नै फर्कनुपर्यो।

♦ Aishwarya Rai Bachchan (ऐश्वर्या राय बच्चन) : – 

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो मोडलिङ करियरमा राजीव मूलचन्दानीलाई डेट गर्थिन्। तर सफलता पाउनुबित्तिकै ऐश्वर्याले उनलाई छोडिन् ।

♦ Deepika Padukone (दीपिका पादुकोण) : – 

चर्चित अभिनेत्री दीपिका पादुकोण मोडलिङको क्रममा निहार पाण्ड्या(Nihar Pandya) लाई डेट गर्थिन्। तर सफलताको मात लागेसँगै दीपिकाले निहारलाई बिर्सिन् र टाढिन् थालिन्।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो ‘बहादुरी’ को कारण चर्चामा छिन् ‘कटप्पा’ की छोरी, यस्तो कामले पाईन् चौतर्फी वाहवाही