अभिनेत्री करिश्मा मान्धरले गरिन् कक्षा १२ पास, यसरी गरिन् खुशी व्यक्त

सदाबहार नायिका करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको कक्षा १२ नतिजा प्रकाशित पछि अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै उनको कक्षा १२ मा ए प्लस आएको बताएकी छिन् । अभिनेत्री सार्वजनिक नतिजा अनुसार दुई विषयमा ‘ए प्लस’ ग्रेड आएको आउँदै कक्षा १२ परीक्षा समग्रमा उत्तीर्ण गरेकी छिन् ।

शुक्रबार भएको कक्षा १२ परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । अभिनेत्री करिश्मा मानन्धरले गोदावरीमा अवस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । यति बेला कक्षा १२ नतिजा राम्रो आएकोमा अभिनेत्रीले खुसी व्यक्त गरेकी छिन् ।

यति बेला अभिनेत्रीलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्री देउवा: मलाई फेरी सभापति बनाउनुहोस् अझै राम्रो गर्नेछु