यी कलाकारको भएको थियो दर्दनाक तरिकाले निधन , कसैले पत्तै पाएनन् !

बलिउडको दुनिया बाहिरबाट हेर्दा सुन्दर भए पनि यहाँ बस्ने व्यक्तिको जीवनमा कहिले अँध्यारो हुन्छ पत्तै हुदैन। एक समयमा स्टार मानिने कलाकारहरु कहिले लाइमलाइटबाट टाढा हुन्छन् पत्तै हुदैन भने कोहि एकै दिनमा स्टार बन्छन् । केहि दिन पहिला वेब सिरिजमा काम गरिसकेका अभिनेता ब्रह्मा मिश्राको निधनको खबर आएको थियो।  पुलिस अनुसार उनको मृत्यु अचानक पीडाको कारण भएको थियो।  जस पश्चात उनले डाक्टरसँग ग्यास्ट्रिकको औषधि लिएका थिए र घर फर्किएका थिए। यसैबीच उनलाई हृदयघातको कारण ३२ वर्षको उमेरमा निधन भयो।  उनको शव तीन दिनसम्म बाथरुम मै थियो।  जब छिमेकीलाई केहीको दुर्गन्ध आएको महसुस भएपछि  पुलिसलाई जानकारी दिइएको थियो।

आर्या बनर्जी

द डर्टी पिक्चरमा  विद्या बालनसँग काम गरिसकेकी अभिनेत्री आर्या बनर्जीमाथि नै यस्तै भएको थियो। ३३ वर्षको उमेरमा अभिनेत्रीको शव कोलकाता स्थित उनको घरमा  शंकास्पद परिस्थितिमा भेटिएको थियो। पुलिस दुई दिन पछि जाँदा उनी रगतमा लत्पतिएकी थिइन्। पुलिसले ढोका फोरेर घरभित्र पसेका थिए र उनको नाकबाट राहत आउनुको  साथै नजिक वान्ता पनि गरेकी थिइन्।

परवीन बबी

आफ्नो समयको चर्चित अभिनेत्री परवीन बबीको मृत्यु निकै दर्दनाक थियो। परवीन बबीलाई प्यारानायड स्कित्जोफ्रेनिया  भन्ने रोग लागेको थियो , २० जनुअरी २००५ मा उनले अन्तिम सास लिएकी थिइन्।  हो गई थी। ३ दिनसम्म उनको लास घरमा सडिरहेको थियो। पछि महेश भट्टले उनको अन्तिम संस्कार गरेका हुन्।

महेश आनन्द

थुप्रै सुपरहिट फिल्ममा नकारात्मक भूमिका निभाउने महेश आनन्दको निधन २०१९ मा निधन भएको थियो। मृत्यु भएको दुई दिनपछि उनको शव फ्ल्याटबाट बरामद गरिएको थियो। उनको असफलताको कारण उनलाई परिवारले छोडेर गएका थिए।

कृतिका चौधरी

कंगना रणौतसंग फिल्म रज्जोमा काम गरिसकेकी अभिनेत्री कृतिका चौधरीको सडेको लाश मुम्बईको अंधेरी स्थित उनको घरबाट बरामद गरिएको थियो। कृतिकाको लाश ४ दिनदेखि कोठामा थियो।

 

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइका अरोडाले बिकिनी लगाएर उडाईन् अर्जुन कपूरको होश, हेर्नुहोस् तस्विरहरु !