शनिको प्रकोपबाट बच्नको लागि भोलि सुनौलो अवसर, यी उपाय गर्नाले सफलताको साथै शुभै-शुभ

शनिको नराम्रो नजरले खुसीमा रहेको जीवन वरवाद गर्न केही समय पनि लाग्दैन । त्यसैले ज्योतिष शास्त्रमा शनि ग्रहसँग सम्बन्धित समस्यामा परेका मानिसले जतिसक्दो चाँडो समाधानको उपाय अपनाउनु उपयुक्त हुन्छ । धार्मिक मान्यता अनुसार केही यस्ता दिनहरु रहेका छन् । त्यस दिन शनिको दोषबाट छुटकारा पाउन एकदमै राम्रो हुनेछ ।

शनि अमावस्या पनि शनि दोषबाट छुटकारा पाउनको लागि विशेष दिनहरू मध्ये एक हो। मंसिर महिना अमावस्या ४ डिसेम्बर २०२१ शनिबार परेको छ। यस दिन शनि सम्बन्धी उपाय गर्नाले तपाईको जीवनमा शनि देवाको प्रभावबाट परेको सबै समस्या समाधान हुनेछ ।

शनि अमावस्यको दिन गर्नुहोस् यस्ता उपाय

कुण्डलीमा शनिसँग सम्बन्धित कुनै दोष छ । शनि अमावस्याको दिन शनि दोषबाट छुट्कारा पाउने उपाय गरेमा राहत मिल्ने मान्यता रहेको छ । जी मानिस शनिको साढेसाती दशाबाट पिडित छन् उनीहरुले शनिको दशाबाट छुटकारा पाउने उपाय गर्नु अत्यन्तै शुभ मानिन्छ ।

छाया दाङ गर्नुहोस् – शनि अमावस्याको दिन एउटा भाँडोमा तेल लिनुहोस् त्यसमा आफ्नो अनुहारको छाया हेरेर त्यो तेलको साथमा शनि मन्दिरमा दान गर्नुहोस्।

घोडाको नालको प्रयोग- घरको ढोकामा कालो घोडाको नाल राख्नाले शनिको समस्या र समस्याबाट मुक्ति मिल्छ। साथै यस दिन हनुमान चलिसाको पाठ गर्नु पनि शुभ मानिन्छ । यस दिन हनुमान जीको पूजा गर्नाले शनिको दोषबाट छुट्कारा मिल्ने मान्यता रहेको छ ।

पिपलको रूखको पूजा- शनि अमावस्याको दिन पिपलको रूखको पूजा गर्दा तोरीको तेलको दियो बाल्नु शनि दोषबाट मुक्ति पाउनको लागि एक निश्चित साथै सरल उपाय हो साथै शनि अमावस्याको दिन पिपलको बिरुवा लगाउनु धेरै लाभदायक मानिन्छ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विदुर नीति: के जिन्दगीको वास्तविक सुख चाहनुहुन्छ, आजै बदल्नुहोस् यस्ता बानी