विदुर नीति: के जिन्दगीको वास्तविक सुख चाहनुहुन्छ, आजै बदल्नुहोस् यस्ता बानी

विदुर नीति आजको समयमा पनि त्यति नै सान्दर्भिक छ । जति महाभारत कालमा थियो । विदुरका नीतिहरूले जीवनको हरेक मोडमा विशेषदेखि सर्वसाधारण सम्मलाई सहयोगी गर्छ । धृतराष्ट्रका महासचिवको रूपमा प्रसिद्ध महात्मा विदुरको नीतिमा जीवन व्यवस्थापनका सूत्रहरू छन्। विदुर नीतिबाट जान्नुहोस् जीवनलाई सुखी बनाउन कुन ५ खराब बानी त्याग्नु पर्छ।

 


-जीवनलाई सुखी र रमाइलो बनाउनको लागि मानिस भित्र सधैँ आत्मीयताको भावना राख्नु पर्दछ । महात्मा विदुरका अनुसार आत्मीयताको अभावले मानिसलाई कमजोर बनाउँछ साथै यस्ता मानिसको आयु घटाउँछ ।

– कुनै पनि मानिसले आवश्यक र सही बोल्नु पर्छ। विदुरका अनुसार अनावश्यक बोल्ने बानीले पछि समस्या निम्त्याउँछ । यो खराब बानीले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यस्तो नराम्रो बानी भएको व्यक्तिले जीवनमा दुःख मात्र भोग्छ।

– रिस त सबैलाई आउँछ तर धेरै रिसाउनु राम्रो होइन। रिसमा मानिसले कहिलेकाहीँ यस्तो कार्य गर्छ, जसले अन्ततः उसलाई हानि पुर्‍याउँछ। विदुरका अनुसार रिसले मानिसको आयु घटाउँछ ।

– महात्मा विदुरका अनुसार कहिल्यै घमन्ड गर्नु हुँदैन। सधैँ आफ्नो प्रशंसा मात्र गर्ने तथा अरुबाट सुन्न मन पराउने मानिसहरूलाई अन्य मानिसले पनि मन पराउँदैन। यसका अलावा आफूलाई अरूभन्दा धेरै बुद्धिमान् ठान्ने मानिसहरूलाई पनि मन अन्य मानिसले मन पराउँदैनन् ।

– लोभले मानिसलाई कहिल्यै सुख दिँदैनन् र पाउन सक्दैनन् । लोभी मानिस सधैँ दुःखी हुन्छ। लोभमा परेपछि यस्ता मानिसहरु केही न केही काम गर्छन् जसले गर्दा उनीहरुमा अशान्तिको कारण बन्दछन् ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सूर्य ग्रहण नेपालमा कति बजे लाग्दै छ, कहाँबाट देखिन्छ ?