कट्रिनाको विवाहमा पूर्व ब्वाइफ्रेन्डलाई प्रवेश निषेध, सलमानपछि आयो रणबीरको नाम

अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको विवाहको खबरले सामाजिक सञ्जाल तताएको छ । त्यसै क्रममा केही समय पहिले अभिनेत्रीको विवाह हुने स्थाको बारेमा पनि निकै चर्चा भएको थियो ।

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफको विवाहको कार्यक्रम ७ देखि ९ डिसेम्बरसम्म रणथमबौरमा हुने भएको छ । फोर्ट सिक्स सेन्सेसमा तयारी तीव्र रुपमा भइरहेको छ । भारतीय सामाजिक सञ्जालमा खबर प्राप्त भए अनुसार सलमान खानलाई अहिलेसम्म कट्रिना कैफको विवाहमा सहभागी हुनको लागि निमन्त्रणा प्राप्त भएको छैन ।

अहिले सलमान खान र उनको परिवार मात्र नभई कट्रिनाले पनि आफ्नो पूर्व प्रेमी रणबिर कपूरलाई विवाहको निमन्त्रणामा नपठाएको खबर आइरहेको छ । जब अभिनेत्री बलिउड क्षेत्रमा आएकी थिइन् त्यस समय देखि नै प्राय: चर्चामा हुने गरेकी छिन् । केही वर्ष पहिले अभिनेता रणबिर र कट्रिनाको प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो ।

जब अभिनेत्री कट्रिना र विक्की कौशलको प्रेम सम्बन्धमा फाटो आएको थियो । उनीहरुको प्रेम सम्बन्धमा फाटो आए पनि पछि सँगै फिल्म ‘जग्गा जासूस’ मा काम गरेका थिए । त्यस फिल्मको एक कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा अभिनेत्री कत्रिनाले उनको विवाहमा अभिनेता रणबिर कपूरलाई अवश्य बोलाउने भनेकी थिइन् ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी कलाकारको भएको थियो दर्दनाक तरिकाले निधन , कसैले पत्तै पाएनन् !