सन २०२२ मा यी दुई राशिको प्रेम जीवन हुनेछ शानदार, यी राशिलाई मिल्नेछ धोका ?

तिसकाको अनुसार प्रेम जीवन ग्रहहरूसँग सम्बन्धित छ। यदि कुण्डलीमा शुक्र ग्रह बलियो र शुभ ग्रहको साथमा बसेको छ भने व्यक्तिलाई प्रेम जीवनमा अपार सफलता मिल्छ। यसका अलावा वैवाहिक सम्बन्ध पनि निकै राम्रो हुन्छ । सन २०२२ ले केही राशिको प्रेम जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने छ । जान्नुहोस् सन २०२२ मा कुन राशिका मानिसहरुका लागि राम्रो रहनेछ । साथै कुन राशिका व्यक्त्तिहरुको लागि प्रेम जीवनमा समस्या आउनेछ ।

मेष राशि – यो राशिका अविवाहित व्यक्तिलाई विवाहको प्रस्ताव आउनेछ । विवाहित व्यक्तिको जीवनमा केही हदसम्म विवाद हुनसक्छ ।

वृष राशि- प्रेमी–प्रेमिकाको खोजी पूरा हुनेछ । नयाँ वर्षमा विवाहितहरूले शुभ समाचार पाउनेछन्। प्रेम जीवनमा अचानक परिवर्तन आउनेछ। नयाँ प्रेम जीवनका लागि २०२२ विशेष साबित हुनेछ।

मिथुन राशि- नयाँ वर्ष मिथुन राशि भएका मानिसको प्रेम जीवनको लागि उत्कृष्ट रहनेछ। अविवाहितहरूले शुभ समाचार प्राप्त गर्नेछन्। साँचो प्रेमको खोजी समाप्त हुनेछ।

कर्कट राशि- नयाँ वर्षको शुरुवातमा प्रेम जीवनमा ध्यान दिनु पर्ने देखिन्छ। तर, वर्षको मध्यमा पार्टनरसँगको सम्बन्ध सुमधुर रहनेछ । विवाह नभएकाले विवाहको प्रस्ताव पाउनेछन् ।

सिंह राशि- सिंह राशि भएका मानिसको सन २०२२ मा प्रेम जीवनको लागि कष्टप्रद साबित हुनेछ। प्रेम जीवनमा उतारचढाव आउनेछ। तर प्रेम साथीप्रति वफादारी देखाउनेहरूले साँचो माया पाउनेछन्।

कन्या राशि-प्रेम जीवनमा केही कारणले उदासीनता छाउने छ । तपाईले आफ्नो पार्टनरसँगको सम्बन्धमा सावधान रहन पर्ने हुन्छ । विवाह प्रस्ताव वाधा पुर्याउन सक्छन् ।

तुला राशि- प्रेमी हरुको प्रेम विवाहमा परिणत हुन सक्छ। अविवाहितहरूले आफ्नो मनपर्ने पार्टनरसँग गाँठ बाँध्न सक्छन्। २०२२ मा प्रेम जीवनमा सफलता मिल्नेछ।

वृश्चिक राशि- यस राशिका व्यक्तिहरूले सन २०२२ मा सुखी वैवाहिक जीवनको आनन्द लिनेछन्। प्रेम जीवनका लागि वर्षको मध्य कष्टदायी साबित हुनेछ। यो समय धेरै धैर्य गर्नु पर्ने हुन्छ ।

धनु राशि- धनु राशिको लागि सन २०२२ मा प्रेम जीवनमा धेरै परिवर्तन हुनेछ । प्रेम साथीसँग मन मुटाव हुनेछ। विवाहितहरूका लागि नयाँ वर्ष राम्रो साबित हुनेछ। पार्टनरसँग चलिरहेको विवादको अन्त्य हुनेछ।

मकर राशि – नयाँ वर्षमा प्रेम जीवनमा विभिन्न समस्या आउन सक्छ । तर यो लामो समय टिक्दैन । क्रमश समस्या समाधान भएर जानेछ । दाम्पत्य जीवनमा यस वर्ष पार्टनरसँग मन मुटाव भइरहन्छ तर यसलाई सावधानी पूर्वक समाधान गर्न सकेमा सम्बन्ध सुमधुर हुनेछ ।

कुम्भ राशि- कुम्भ राशिको प्रेम जीवनमा अप्रिल महिनाको लागि अत्यन्तै शुभ रहनेछ। प्रेम जीवनमा सफलता मिल्नेछ । वर्षको मध्यमा सम्बन्धमा सावधानी अपनाउनुपर्नेछ। सम्बन्धमा दरार आउने प्रबल सम्भावना छ । सचेत हुनुपर्छ ।

मीन राशि- नयाँ वर्ष प्रेम जीवनका लागि विशेष रहनेछ । कुनै कुरामा पार्टनरसँग आपसी मन मुटाव हुनेछ। यस बाहेक दाम्पत्य जीवनमा असमझदारीका कारण आपसी विवाद हुनेछ। जुन पछि सम्बन्धमा मिठास छाउनेछ ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको प्रकोपबाट बच्नको लागि भोलि सुनौलो अवसर, यी उपाय गर्नाले सफलताको साथै शुभै-शुभ