भोलि सुर्य ग्रहण लाग्दा यी ४ राशिलाई अत्यन्तै शुभ हुने, कुन-कुन राशि!

एजेन्सी – सन् २०२१ को अन्तिम सूर्य ग्रहण यहि मङ्सिर १८ गते(डिसेम्बर ४) शनिबारको दिन लाग्दैछ। नेपाली समय अनुसार ग्रहण ११ बजेर ४ मिनेटमा शुरु हुनेछ भने ३ बजेर २२ मिनेटमा समाप्त हुनेछ।

ग्रहण अन्टार्कटिका, दक्षिण अफ्रिका, दक्षिण अमेरिका जस्ता महादेशहरुबाट देखिनेछ। वृश्चिक राशि र ज्येष्ठा नक्षत्रमा लाग्ने ग्रहण नेपालबाट भने देखिनेछैन। ग्रह नेपालबाट नदेखिने हुँदा ग्रहणको सुतक भने लाग्नेछैन।

शनिबार सूर्य ग्रहण लाग्दा सूर्यको केतुसँग संयोग बन्नेछ भने चन्द्रमा र बुधको योग पनि बन्नेछ। सुतक नलागेपनि ग्रहणको सम्पूर्ण राशिमा असर भने पर्नेछ। सूर्य ग्रहण सबै भन्दा बढी कुन राशिलाई शुभ रहला ?

मिथुन राशि

यसपालिको सूर्य ग्रहण मिथुन राशि हुनेहरुका लागि धेरै शुभ सावित हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। कार्यस्थलमा रहेका बाधा-अड्चन देखि छुटकारा मिल्नेछ। नयाँ कार्य थालनीको वातावरण पनि बन्न सक्ला। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। स्वास्थ्यमा पनि सुधार होला।

कन्या राशि

सूर्य ग्रहणका कारण कन्या राशि हुनेहरुको जीवनमा सकारात्मक परिवातन हुनेछन्। रोकिएका सम्पूर्ण कार्य पूरा हुनेछन्। बुद्धिले काम लिँदा चिताएको योजना पूरा हुनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। दुश्मनी गर्नेहरू पनि मित्रमा परिणत हुन सक्लान्।

मकर राशि

परिबन्धले अड्केका कार्य पुनः सुचारु हुनेछन्। यात्राले लाभ गराउनेछ भने वैदेशिक यात्राको योग समेत बन्ने देखिन्छ। विभिन्न अवसर प्राप्त हुनेछन्। साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। सूर्य ग्रहणले स्वास्थ्यमा अपनी सकारात्मक प्रभाव पार्न सक्ला। कानुनी झमेला देखि समेत छुटकारा मिल्नेछ।

कुम्भ राशि

सूर्य ग्रहणका कारण कुम्भ राशि हुनेहरुलाई पनि लाभ मिल्नेछ। परिवारमा रहेका कलह देखि छुटकारा मिल्नेछ भने नयाँ कार्य थालनीको लागि सहमति जुट्नेछ। कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। राजनीति गर्नेहरुका लागि पनि सूर्य ग्रहण सुखद रहन सक्ला। टाढिएका आफन्त, साथीभाइ नजिकिनेछन्।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ मा यी दुई राशिको प्रेम जीवन हुनेछ शानदार, यी राशिलाई मिल्नेछ धोका ?