भोलि मङ्सिर १७ गते शुक्रबार , शुभ फलदायी रहला यी राशिका दिन, हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मित्रगणसँगको भेटघाटले दिन आनदमय हुनेछ।  मित्रगणबाट उपहार मिल्नाले मन प्रशन्न रहनेछ। खर्चामा वृद्धि हुनेछ। नयाँ मित्रहरु बन्नेछन्, जसले भविष्यमा फाइदा मिल्नेछ। सरकारी क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। यात्राको योग बन्नेछ। सन्तानबाट लाभ मिल्ने योग रहेको छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। पदोन्नतिको योग रहेको छ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छैन। शारीरिक तथा मानसिक थकानको महशुस हुनेछ। कार्य गर्ने उत्साह कम हुनेछ। पेट सम्बन्धि समस्या आउन सक्छ, ध्यान  दिनुहोला। व्यापार व्यवसायमा समय अनुकूल छैन।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारका सदस्यका साथ मतभेद हुनसक्छ। आफ्नो क्रोधमा तथा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। तपाईंको लागि यस दिन सावधान रहन जरूरी देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दाम्पत्य जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल छैन। कार्यक्षेत्रमा सहकर्मीसँगको सम्बन्धमा समस्या आउन सक्छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। परिवारमा सुख-शान्तिमय र आनन्दमय वातावरण रहनेछ। कार्यक्षेत्रमा  सहकर्मीको भरपूर सहयोग मिल्नेछ। खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन। नयाँ कार्य यस दिन सुरु नगर्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक थकान र मानसिक तनाबले मन चिन्तित रहनेछ। आफन्तजनको साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ। परिवारका सदस्यका साथ यात्राको योग बन्ने देखिन्छ। शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउनेछ। भाग्य वृद्धि हुने सम्भावना रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

क्रोध तथा वाणीमा संयम नरहँदा पारिवारिक कलह बढ्न सक्छ। शेयर सट्टाको लागि समय शुभ रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। आँखा सम्बन्धि समस्या आउन सक्छ, ध्यान दिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि यस दिन शुभ फलदायी रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। शारीरिक र आध्यात्मिक दृष्टिकोणबाट राम्रो अनुभव गर्नुहुनेछ। परिवारको साथ स्वादिष्ट एवम उत्तम भोजन प्राप्त हुनेछ। मित्रगण तथा आफन्तजनबाट उपहार मिल्नाले मन प्रशन्न रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर हुने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। लेन-देन तथा पूँजी निवेशको लागि समय उत्तम रहेको छैन। धार्मिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। परिवारको सदस्यका साथ मतभेद हुन सक्छ।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१८:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सुर्य ग्रहण लाग्दा यी ४ राशिलाई अत्यन्तै शुभ हुने, कुन-कुन राशि!