भारतको दिल्लीमा सबै विद्यालय अनिश्चितकालको लागि बन्द

वायु प्रदूषण अधिक भएपछि भारतको दिल्लीका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द गरिएका छन् ।

दिल्ली स्थित पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नभएसम्म दिल्लीका विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । । भारतको सर्वोच्च अदालतले आज बिहीवार आदेश जारी गर्दै अहिलेको आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।

भारतको दिल्ली सरकारले प्रदूषण धेरै भएको भन्दै यस अगाडिदेखि नै दिल्लीको धेरै ठाउँमा विद्यालय बन्द गरिसकेको थियो । केही बिद्यालय बन्द गरिए पनि अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएपछि तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।अब दिल्ली सरकारले भोलिदेखि विद्यालय बन्द गरे/नगरेको अनुगमन गर्ने पनि बताएको छ ।

गत नोभेम्बरमा ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब भएको थियो । प्राप्त सूचना अनुसार गत नोभेम्बरमा एक दिन पनि दिल्लीमा वायुको स्तर राम्रो नभएको तथ्याङ्कले देखिएको छ ।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री करिश्मा मान्धरले गरिन् कक्षा १२ पास, यसरी गरिन् खुशी व्यक्त