दीपिका पादुकोण देखिइन् पति रणवीरको शैलीमा, कालो हिलमा-सेतो मोजा: तस्बिर भाइरल हुँदै !

बलिउडका चर्चित अभिनेता रणवीर सिंह आफ्नो असामान्य फेसनका कारण धेरै पटक ट्रोल भएका छन् तर उनकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोण पनि यस मामिलामा कम छैनन् । दीपिका पनि धेरै पटक अनौठो लुगामा देखिएकी छिन् । दीपिका फेरि एक पटक आफ्नो फेसनका कारण ट्रोलको निशानामा छिन् । यसपटक उनको लुगाभन्दा पनि जुत्ताको खिल्ली उडाइएको छ ।

यो रुपमा अभिनेत्रीलाई केही दिन पहिले एयरपोर्टमा देखियो, जहाँ उनको जुत्ताले मानिसहरुको ध्यान तान्यो । उनी ओभर-साइज नीलो प्रिन्टेड डेनिम ज्याकेट र हल्का नीलो जिन्समा देखिएकी थिइन्। यस पोसाकमा दीपिकाले कालो हिल र सेतो मोजा लगाएकी थिइन् ।

अभिनेत्रीको यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अभिनेत्रीको तस्बिरमा मानिसहरु अहिले लगातार कमेन्ट गरिरहेका छन् । अभिनेत्री यो लुकामा मानिसहरुले विभिन्न प्रश्न गरिरहेका छन् ।

अभिनेत्रीले तस्बिरमा एक व्यक्तिले कमेन्टमा लेखेका छन् । ‘दिदी तपाइले रणवीरको लुगा लगाउनु भएको हो?’ त्यसतै अर्का व्यक्तिले लेखेका छन्। ‘किटान हि-ल्सको साथमा ह्वा-इट सक्क’ दीपिकाले कालो हिलसहित सेतो मोजा लगाएको देखेर मानिसहरु छक्क पर्छन् । अझै धेरैले यसबारे टिप्पणी गरेका छन् ।

त्यसतै मानिसहरुले कमेन्टमा अभिनेत्रीको मजाक गर्न छोडेका छैनन् । त्यसतै एर्का एक यक्ति लेख्छन्, ‘रणवीरको प्रभाव परेको छ । अब यस्तो लाग्छ कि डिजाइनर पनि उस्तै छ।’ अभिनेत्रीको फेसनमा ट्रोल बनाएको यो पहिलो भने हैन । अभिनेत्रीको वर्क-फ्रन्टको बारेमा कुरा गर्नु पर्दा दीपिका पादुकोण चाँडै नै फिल्म ८३ मा देखिने छिन् । यस फिल्ममा उनले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन् । फिल्मबाट उनको लुक सार्वजनिक भएको छ, जसमा दीपिका ठ्याक्कै रोमीजस्तै देखिन्छिन् । यो अनस्क्रिन लुकका कारण अभिनेत्रीको निकै तारिफ पनि भइरहेको छ ।

 

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंकाले लगाएकी थिईन् यस्तो पारदर्शी जालीदार स्कर्ट, भएकी थिईन् उप्स मोमेन्ट्सको शिकार